कीवर्डहरू -

महिलाका लागि ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्दै शिक्वल फाउन्डेसन

महिलाका लागि ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्दै शिक्वल फाउन्डेसन

शिक्वल फाउण्डेसनले एनसेल ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्ने भएको छ । माघ २७ देखि २९ गतेसम्म धुलिखेलको आगन्तुक रिसोर्ट आयोजना हुनेछ।

देशभरका महिलाहरूलाई लक्षित गर्दै आयोजना भएको यस कार्यक्रमका लागि शिक्वल फाउण्डेसनले गर्ल्स इन टेक र वुमन इन बिग डेटासँग सहकार्य गरेको छ ।

ह्याकिङ फर ह्युम्यानिटीमा सहभागीले खेती, व्यवसाय, शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा देखिएका सामाजिक तथा आर्थिक समस्यालाई निर्मूल पार्न आफ्नो आईडियाको नमुना तयार पार्नेछन् ।

यस ह्याकाथनमा सहभागी हुन आगामी माघ १६ गतेसम्म आफ्नो टिम दर्ता गर्न सकिने छ । प्रत्येक टिममा ३ जना सदस्य राख्न पाइने छ ।

यदि तपाई पनि आफ्नो टिम दर्ता गर्न चाहनुहुन्छ तलको क्युआर कोड स्क्यान गरेर आफ्नो टिम दर्ता गर्न सक्नुहुनेछ । क्युआर स्क्यान एनसेल एपबाट मात्रै गर्न सकिने छ भने टिम दर्ताका लागि एनसेलको मोबाइल नम्बर आवश्यक पर्नेछ ।

\"\"

ह्याकाथनमा अहिलेसम्म २७ बढी टिम दर्ता भइसकेका छन् । प्राप्त आवेदन मध्येबाट आगामी माघ २० गते टिमको छनोट गरिने छ ।

ह्याकाथनको प्रिइभेन्टको रुपमा डिजाइन थिंकिङ, आन्टरप्रेनियल फाइनान्स, बिजनेश मोडेल क्यान्भस, आइडिया पिच डेलिभर र स्टोरी प्रिजेन्टेसन जस्ता  कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कार्यक्रममा १६ बढी मेन्टर र ११ बढी निर्णयक टोली रहेका छन् । छनोट भएका प्रत्येक टिमलाई ह्याकाथनमा मेन्टर उपलब्ध गराइने छ ।

शिक्वल फाउण्डेसनले नेपाल लगायत अस्ट्रेलिया, ताइवान, डालास, डुब्लीन, स्यान डियेगो, ग्रिबाल्तार, स्पेन, स्यान फ्रान्सिस्को, स्वीजरल्याण्ड, डोमिनिकन रिपब्लिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिस्पर्धाबाट प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार समेत व्यवस्था गरिएको छ ।

\"\"