कीवर्डहरू -

ग्लोबल स्टुडेन्ट आन्टरप्रेनरसिप अवार्ड नेपालको विजेता बन्यो कारोबार एप

ग्लोबल स्टुडेन्ट आन्टरप्रेनरसिप अवार्ड नेपालको विजेता बन्यो कारोबार एप

कारोबार एपले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनरसिप अवार्ड (जीएसईए) नेपालको विजेता बनेको छ । आन्टरप्रेनरसीप अर्गनाइजेसन नेपाल च्याप्टरले बिहीबार सिल्भर ओक बैंक्वयट एण्ड इभेन्ट्स सेन्टरमा आयोजना गरेको कार्यक्रममा कारोबार जीएसई नेपालको विजेता भएको हो ।

ग्लोबल स्टुडेन्ट आन्टरप्रेनरसिप अवार्डका लागि कारोबार नेपालबाट विजेता भएसँग अब भारतको पुनेमा हुने क्षेत्रीय सम्मेलनमा प्रतिस्पर्धा गर्नेछ । क्षेत्रीय विजेता भएमा अमेरिकामा हुने अन्तिम कार्यक्रममा समेत प्रतिस्पर्धा गर्न पाइने छ ।

२० जनाको प्रतिस्पर्धाबाट कारोबार विजेता भएको कारोबार एपका संस्थापक समिर फुँयालले बताए । प्रतिस्पर्धाको मूल्यांकनकर्तामा खल्तीका सह संस्थापक मनिष मोदी, डोल्मा इम्प्याक्टका शब्द ज्ञवाली र कालिका कन्सट्रक्सनका निकोलस पाण्डे रहेका थिए ।

जीएसईए नेपालमा कारोबार प्रथम भएको छ भने दोस्रो मशुर र तेस्रो एफिभर्स टेक्नोलोजी सर्भिसेस भएका छन् । विजेताले नगद पुरस्कार समेत प्राप्त गरेका छन् ।

जीएसईए नेपालको विजेता भएसँगै कारोबार थप नयाँ पहिचान मिलेको समिर बताउँछन् । ‘आन्टरप्रेनरसीप अर्गनाइजेसन जस्तो विश्वव्यापी संस्थाले आयोजना गर्ने कार्यक्रममा नेपालको विजेता हुन पाउँदा खुसी छौं,’ उनले उत्साहित हुँदै भने, ‘यसले कारोबारलाई विदेश लैजान र थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’

पढ्दै उद्यमशीलताको यात्रामा अगाडि बढेका स्टार्टअपहरू ग्लोबल स्टुडेन्ट आन्टरप्रेनरसिप अवार्ड प्रदान गरिदै आइएको छ ।

आन्टरप्रेनरसीप अर्गनाइजेसनले आयोजना गर्ने जीएसईए कार्यक्रममा नेपालमा आन्टरप्रेनरसीप अर्गनाइजेसन नेपाल च्याप्टरले गर्दै आएको छ ।