कीवर्डहरू -

सीएसआईटी गोलफेस्ट सुरू, २५ बढी टिम सहभागी 

सीएसआईटी गोलफेस्ट सुरू, २५ बढी टिम सहभागी 

गैरनाफामुलक संस्था सीएसआईटी एशोसिएसन नेपालले ‘गोलफेस्ट २०२३’ सञ्चालन गरिरहेको छ । माघ ८ गतेदेखि सुरू भएको गोलफेस्ट माघ १४ गतेसम्म चल्नेछ ।

गोलफेस्टमा काठमाडौं उपत्यकाका सीएसआईटी कलेजका २५ बढी टिमहरू सहभागी भएका छन् । खेलहरू नकआउट नियम अनुसार चलिरहेका छन् ।

सीएसआईटी पढ्ने विद्यार्थीहरूको भौतिक सहभागीतालाई उत्प्रेरित गर्न र विद्यार्थी तथा संस्थाबीचको सम्बन्धलाई अझै समधुर बनाउन गोलफेस्ट आयोजना गरिएको संस्थाले जनाएको छ ।

सीएसआईटी एशोसिएसन अफ नेपाल सीएसआईटी पढ्ने विद्यार्थीहरूको हकहितका लागि र विद्यार्थी र उद्योगबीचको ग्यापलाई कम गर्न सन् २०११ मा स्थापना भएको हो ।

संस्थाले सीएसआईटी पढ्ने विद्यार्थीको ज्ञानलाई अभिवृद्धि गर्न बेला बेला वर्कशप तथा सेमिनारहरू पनि आयोजना गर्दै आएको छ ।