कीवर्डहरू -

रिसर्च एण्ड डेभलपमेन्टमा कम बजेट छुट्याइन्छ, एउटा कोष बनाएर अगाडि बढ्नुपर्छः डा. फुँयाल 

रिसर्च एण्ड डेभलपमेन्टमा कम बजेट छुट्याइन्छ, एउटा कोष बनाएर अगाडि बढ्नुपर्छः डा. फुँयाल 

राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुँयालले रिसर्च एण्ड डेभलपमेन्टमा अत्यन्तै कम बजेट छुट्याउने गरेको बताए । सरकारले बजेटमा ०.३ प्रतिशत मात्रै रिसर्च एण्ड डेभलपमेन्टका लागि छुट्याउने गरेको फुँयाल बताउँछन् ।

राष्ट्रिय बजेटमा कुल बजेटको ०.३ प्रतिशत रकम रिसर्च एण्ड डेभलपमेन्ट छुट्याइएको छ,’ उनले भने, ‘तर यो सबै क्षेत्रका अनुसन्धानका लागि छुट्याइएको रकम हो ।’

सन् २०३० सम्ममा कुल बजेटमा १.५ प्रतिशत रकम आरएण्डडीमा खर्च गर्ने सरकारले भनेको छ । तर त्यसको तुलनामा अहिले करोडमा मात्रै रिसर्च एण्ड डेभलपमेन्टमा खर्च हुने गरेको उनको भनाइ छ ।

रिसर्च एण्ड डेभलपमेन्टलाई प्रवर्द्धन गर्ने गरी सरकार एउटा कोष बनाएर अगाडि बढ्नुपर्ने फुँयालको तर्क छ ।