कीवर्डहरू -

अझै पनि ९५ प्रतिशत कारोबार नगदमै हुन्छ, त्यसलाई डिजिटलमा ल्याउन लडाई जारी छः सीईओ खड्का 

अझै पनि ९५ प्रतिशत कारोबार नगदमै हुन्छ, त्यसलाई डिजिटलमा ल्याउन लडाई जारी छः सीईओ खड्का 

इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्काले नेपालमा ९५ प्रतिशत कारोबार नगदमै हुने गरेको बताएका छन् ।

मंगलबार इसेवाले आयोजना गरेको प्रेस सम्मेलनमा खड्काले ९५ प्रतिशत कारोबार अझै पनि नगदमै हुने गरेको र त्यसलाई डिजिटलमा ल्याउन लडाइ जारी रहेको बताएका हुन् ।

‘नेपालमा ५ प्रतिशत कारोबार मात्रै अनलाइलबाट हुन्छ । अझै पनि ९५ प्रतिशत कारोबार नगदमै हुने गरेको छ,’ उनले भने, ‘९५ प्रतिशत नगद हुने कारोबारलाई अनलाइनमा ल्याउन हाम्रो लडाइ जारी छ ।’

पछिल्लो समय नेपालमा डिजिटल कारोबार लोकप्रिय हुन थालेको छ । महिनामा अर्बों कारोबार डिजिटल प्लेटफर्मबाट हुन्छ । तर पनि अधिकांश कारोबार नगदमै हुने गरेको छ ।

इसेवाको उद्देश्ये डिजिटल अर्थतन्त्रलाई निर्माण गर्ने रहेको बताउँदै खड्काले नगदमा हुने कारोबारलाई डिजिटलमा ल्याउन प्रयास गरिरहेको जानकारी दिए । डिजिटल अर्थतन्त्र निर्माणका लागि कम्पनीले यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थासँग सहकार्य गरिरहेको छ ।

सकेसम्म सम्पूर्ण सेवाहरू इसेवाबाट प्रदान गर्न तत्पर रहेको उनी बताउँछन् । ‘विभिन्न अवरोध र कठिनाल छिचोल्दै इसेवा १४ वर्षसम्म आइपुगेको छ,’ खड्का भन्छन्, ‘आगामी दिनमा इसेवाले अझै सरल, सुदृढ र सुरक्षित डिजिटल सेवा उपलब्ध गराउने छ ।’