कीवर्डहरू -

विद्युतीय स्कुटरमा सहुलियत दिँदा सरकारको वार्षिक १० अर्बसम्म बचत हुन्छ 

विद्युतीय स्कुटरमा सहुलियत दिँदा सरकारको वार्षिक १० अर्बसम्म बचत हुन्छ 

पछिल्लो समय नेपाल विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको छ । सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकता त दिएको छ तर सहुलियत दिन सकेको छैन् ।

भन्सार विभागको तत्थांङ्क हेर्दा गएको मंसिर महिनासम्म नेपालमा ६४ हजार ९७२ ओटा पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटर आयात भएका छन् । सो हिसाबमा यस  आर्थिक वर्ष‍मा अब १ लाख ५५ हजार ९३३ ओटा आयात हुने देखिन्छ ।

अब आयात भएका सवारी साधनहरुलाई वार्षिक पाँच करोड सत्तरी लाख लिटर पेट्रोल वार्षिक आयात गर्नु पर्ने हुन्छ, जसको लागत वार्षिक दश अर्ब चौबिस करोड हुन्छ ।

यदि सरकारले उक्त पेट्रोल आयात नगरी विद्युतीय सवारीलाई प्रोत्साहन गर्न पेट्रोलबाट चल्ने १ लाख ५५ हजार ९३३ साधनलाई विद्युतीय स्कुटरमा परीणत गरेर एक वर्षमा आयात हुने पेट्रोल खर्चबाट प्रत्येक स्कुटरलाई पैसठ्ठी हजार सात सय रुपैयाँ सहुलियत दिन सक्छ ।

उक्त विद्युतीय स्कुटरले अर्को साल पनि पेट्रोल बचत गरिदिने हुँदा अर्को वर्ष थप ६५ हजार ७ सय रूपैयाँ ( २ वर्षमा १ लाख ३१ हजार रूपैयाँ) सहुलियत दिन सकिन्छ । यसका कारण सरकारलाई कुनै पनि आर्थिक भार पर्दैन्, उल्टै आयात गर्दा बाहिरीने विदेशी मुद्रा बचत हुन्छ ।

साथै एउटा स्कुटरमा एक लाख ३१ हजार छुट पाउँदा ग्राहकलाई एक लाख पचास हजारसम्ममा भनेको जस्तो विद्युतीय स्कुटर उपलब्ध गराउन सकिन्छ ।

यसो हुँदा सरकार, व्यवसायी र ग्राहक तीनै पक्षलाई भरपुर फाइदा हुन्छ । विद्युतीय सवारी साधनमा ग्राहकको आर्कषण भएपनि महंगो भएका कारण किन्न डराउने अवस्था छ ।

सरकारले सहुलियत दिँदा यस्तो अवस्था समेत फेरिन्छ । साथै सरकारले कर घटाएमा एक लाख पचास हजारसम्ममा अहिले तीन लाख पर्ने विद्युतीय स्कुटर ग्राहको हात हातमा पुग्छ ।

पेट्रोलबाट चल्ने स्कुटरमा कति खर्च हुन्छ ?

एक दिनमा कुनै स्कुटर ३५ किलोमिटर गुड्दा १ लिटर पेट्रोल लाग्छ भने त्यसको मुल्य हुन्छ १८० रुपैयाँ (अनुमानित) । एक वर्षको  रु. ६५ हजार ७०० दुई बर्षको रु. १ लाख ३१ हजार ४०० रूपैयाँ पेट्रोलमा मात्रै खर्च हुन्छ ।

तर पेट्रोलमा खर्च हुने रकम विद्युतीय स्कुटर प्रयोगमा सहुलियत दिए विदेशी मुद्रा सञ्चित हुन्थ्यो । भारतले समेत विद्युतीय स्कुटरमा फेज १ र फेज २ गरी सहुलियत दिने गरेको छ ।

(लेखक ग्रन्थ ईभीका संस्थापक हुन् । ग्रन्थ ईभीले भैरहवामा विद्युतीय सवारीसाधनको एसेम्बल गर्ने उद्योग तयार गर्दैछ । एसेम्बल गर्दा आवश्यक पर्ने पार्टपुर्जा सकेसम्म नेपालमा बनेका प्रयोग गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य समेत गरेको छ ।)