कीवर्डहरू -

इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच रणनीतिक सहकार्य

पुमरी बैंकिंङ सफ्टवेयर अन्तरास्ट्रिय बजारमा विस्तार हुने

इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच रणनीतिक सहकार्य

काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ ।

बुधबार होटल हिमालय कुपण्डोलमा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो बैंकिङ सफ्टवेयर प्रदान गर्न रणनीतिक सहकार्य भएको घोषणा गरिएको हो ।

सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ । मर्ज भएसँगै इन्फोडेभलपर्स प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुनेछ ।

नयाँ कम्पनी इन्फोडेभलपर्स एमओएस प्रालिको अध्यक्षमा सञ्जिब राजभण्डारी नियुक्त भएका छन् भने सीइओमा उमेश रघुवंशी र सह सीईओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन् ।

सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ । मर्ज भएसँगै इन्फोडेभलपर्स प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुनेछ ।

कार्यक्रममा बोल्दै अध्यक्ष सञ्जिबराज भण्डारीले यो सहकार्यसँगै मर्कन्टाइलको पुमोरीमा भएका जनशक्ति, स्रोत र बौद्धिक सम्पति इन्फोडेभलर्पस एमओएस अन्तर्गत आएको बताए ।

त्यस्तै सीईओ रघुवंशीले नेपालको बजारलाई मात्र नभएर अन्तर्राष्ट्रिय बजारलाई पनि  मध्यनजर गर्दै नयाँ प्रडक्ट विकासमा काम गर्न सुरू गरेको जानकारी दिए ।

क्लाउडमा आधारित हुने उक्त सफ्टवेयरले बजारको पछिल्लो मागलाई सम्बोधन गर्ने उनको भनाइ छ । नयाँ प्रडक्ट सार्वजनिक हुन १ वर्ष लाग्ने छ ।

कार्यक्रममा बोल्दै सह सीईओ सुरेन्द्र बज्राचार्यले नयाँ सफ्टवेयर एआई प्रविधिमा आधारित हुने र प्रयोग गर्न सजिलो हुने गरी विकास गरिने बताए ।

रणनीतिक साझेदारी पश्चात सहकारीदेखि लघुवित्त र बैंकहरूको डिजिटल इकोसिस्टम विकासमा सहयोग गर्ने इन्फोडेभलपर्स एमओएसले विश्वास लिएको छ ।

डिजिटल जगतलाई सुहाउँदो नयाँ र भरपर्दो प्रणालीको विकास गर्ने लक्ष्य इन्फोडेभलपर्स एमओएसले राखेको छ । इन्फोडेभलपर्स एमओएसले दुवै कम्पनीको राम्रो पक्षलाई प्रयोग गरी चाँडै नयाँ प्रडक्ट तथा फिचरहरू ल्याउने तयारी गरेको छ ।

नेपालको आईटी तथा बैकिङ्ग क्षेत्रका लागि नयाँ आयाम सुरू गर्न पाउँदा अत्यन्तै हर्षित भएको कम्पनीले बताएको छ । परिवर्तन चुनौतीपूर्ण भएपनि ग्राहक तथा साझेदारहरूलाई सहज बनाउने कम्पनीले प्रतिवद्धता जनाएको छ ।

सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि सहकारी र लघुवित्तका लागि कोर बैकिङ्ग सोलुसन (सीबीएस) विकास गर्ने अग्रणी फिनटेक कम्पनी हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन ३०० बढी कर्मचारीहरुले काम गरिरहेका छन् ।

मर्कन्टाइल अफिस सिस्टम्स प्रालि नेपालको एक पुरानो तथा अग्रगामी आइटी कम्पनी हो । संस्थाले विकास गरेको फ्ल्यागशीप कोर बैकिङ्ग सोलुसन पुमोरी नेपालको शीर्ष स्थानको बैकिङ्ग सफ्टवेयर हो । यसले नेपाली बैकिङ्ग क्षेत्र, अन्तर्राष्ट्रिय बैकिङ्ग संस्था तथा वित्तिय संस्थाहरुलाई विगत ३२ वर्ष देखि टेवा पुर्याउँदै आएको छ ।