कीवर्डहरू -

टेस्लाको साइबरट्रक सन् २०२४ मा उपलब्ध हुने

टेस्लाको साइबरट्रक सन् २०२४ मा उपलब्ध हुने

टेस्लाको साइबरट्रक सन् २०२४ सम्ममा पनि धेरै मात्रामा उत्पादन नहुने भएको छ । एक कन्फेरेन्स कल गर्दै गर्दा टेस्लाका कम्पनी प्रमुख एलन मस्कले यस विद्युतीय ट्रकको धेरै मात्रामा निर्माण सन् २०२४ सम्ममा मात्रै हुने बताएका छन् ।

यही मार्च अप्रिल देखी कम्पनीले साइबरट्रकको निर्माण गर्न सुरु गर्ने भएको छ । टेस्लाले साइबरट्रकलाई सन् २०१९ मानै सार्वजनिक गरेको थियो तर अझै पनि यसलाई मास प्रडक्सन गर्न थालिएको छैन् ।

टेस्लाले यस्तो पहिला पनि गर्ने गरेको छ । मोडेल थ्रीको उत्पादन गर्दा पनि सन् २०१७ मै देखाईएको मोडेल थ्रीलाई सन् २०१८ सम्म पनि विस्तृत रुपमा उपलब्ध गराइएको थिएन् । सार्वजनिक गर्न धेरै ढिला गरेमा प्रयोगकर्ताहरुले पहिलेको जस्तो रुची नराख्ने डर पनि कम्पनलिाई रहेको छ ।