कीवर्डहरू -

गूगलबाट इन्टरनेटको स्पीड जाँच गर्ने यस्तो छ तरिका

गूगलबाट इन्टरनेटको स्पीड जाँच गर्ने  यस्तो छ तरिका

समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि हुन सक्छन् । सुरुमा भनेकै इन्टरनेट स्पीड दिएपनि पछि गएर सेवा प्रदायकले स्पीड कम गर्ने गरेको गुनासो ग्राहकहरूले गरिरहेका हुन्छन्

नेपाल दूरसञ्चार प्राधिकरणका उजुरीका चाङ छन् । सेवा प्रदायकले भने अनुसार इन्टरनेट स्पीड दिएको वा नदिएको जानकारी हामी केही सेकेण्डमै लगाउन सक्छौं । यसका लागि केही गूगलको इन्टरनेट स्पीड जाँचने फिचर छ, जसबाट हामी इन्टरनेटको स्पीड जाँच्न सक्छौं ।

तर जाँच गर्नुभन्दा पहिले प्रयोगकर्ताहरुले कुनै पनि डाउनलोड वा अपलोड गरिरहेको भने हुनु हुँदैन् । त्यसैगरी जाँच गर्दा भीपीएन पनि बन्द गर्नुपर्छ । आज हामी तपाईलाई इन्टरनेटको स्पीड चेक गर्ने तरिकाको जानकारी दिदैछौं ।

सर्वप्रथम आफ्नो स्मार्टफोन, पिसी वा ट्याबलेटमा कुनै पनि इन्टरनेट ब्राउजरमा गएर गूगल डटकम खोल्नुहोस् । त्यसपछि सर्च बारमा गएर गूगल इन्टरनेट स्पीड टेस्ट सर्च गर्नुपर्ने हुन्छ ।

अब सर्च रिजल्टमा इन्टरनेट स्पीड टेस्ट भन्ने डाईलग बक्स देख्न सक्छौँ । त्यहाँ निर डाईलग बक्सको तल रन स्पीड टेस्ट बटनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यो बटनमा क्लिक गरेपछि गूगलले रिजल्टका लागि एउटा पपअप देखाउने गर्छ ।