कीवर्डहरू -

डिशहोममा १ वर्षको रिचार्ज गर्दा निशान्त बुढाले जिते एक लाख नगद 

डिशहोममा १ वर्षको रिचार्ज गर्दा निशान्त बुढाले जिते एक लाख नगद 

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।

यसै क्रममा चादनी(दोधारा नगरपालिका—८  निवासी निशान्त बुढाले रु एक लाख जितेका हुन् । केदार ट्रेडिङको डिलर अन्तरगत रहेको दोधारा कंचनपुरका सह—बितरक न्यु एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका हुन् ।

डिशहोमको तर्फ वाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमाल बाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

विजेता बुढालाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी, सरोकार टि.भी।, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुन्छ ।