आइतबार, १९ चैत, २०७९
Sunday, 02 April, 2023
Skip Advt.

लोकस २०२३ सुरू, देशभरका विद्यार्थीका प्रोजेक्ट प्रदर्शनीमा 

१९ औं संस्करणको प्रविधि मेला लोकस सुरू भएको छ । आईतबारसम्म चल्ने उक्त मेलामा देशभरका विद्यार्थीका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ । 

लोकस मेला पुलचोक क्याम्पसमा सञ्चालन भइरहेको छ । लोकसमा देशभरबाट आएका विद्यार्थीहरूले आफ्ना प्रोजेक्ट प्रदर्शनीमा राखेको लोकस २०२३ की मिडिया एण्ड पीआर म्यानेजर निशा शर्माले बताइन् । 

बिहान १० देखि साँझ ५ बजेसम्म कार्यक्रममा प्रोजेक्टहरू प्रर्दशनीमा राखिन्छ भने साँझ ५ बजेपछि सांगितिक कार्यक्रमको आयोजना हुँदै छ । 

यस वर्षको लोकसमा एसएलसी, प्लस टु, स्नातक र स्नातकोत्तरका विद्यार्थीले प्रोजेक्ट राखेको लोकस २०२३ का प्रोजेक्ट म्यानेजर सदिदानन्द शाहले बताए । 

ईभी, अटोमेसन, रोबोटिक, स्मार्ट डस्टबिन, विद्युतीय बाइक लगायका ६० भन्दा बढी प्रोजेक्टहरू प्रर्दशनीमा राखिएको छ । प्रदर्शनीमा धेरैजसो परियोजनाहरू हार्डवेयरका छन् । 

भिडियो 


सम्बन्धित समाचार