कीवर्डहरू -

१४ र १७ सिट क्षमताका फोटोनको विद्युतीय भ्यान नेपालमा

१४ र १७ सिट क्षमताका फोटोनको विद्युतीय भ्यान नेपालमा

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको विद्युतीय भ्यान नेपालमा उपलब्ध छ। १४ र १७ सिट क्षमतामा उपलब्ध यी भ्यानहरु कम खर्चका साथै वातावारण मैत्री रहेको कम्पनीको दावी छ ।

कम्पनीका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ KWH रहेको छ । यी भ्यान सिङ्गल चार्जमा २३५  किलोमिटरसम्म गुड्ने कम्पनीको भनाइ छ ।

यसको ८५ KW पावर तथा २९० nm टर्क छ  भने  फोटोनका भ्यानहरु  घरमा पनि  चार्ज गर्न सकिने छ।  यी भ्यानहरु दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने कम्पनीले जनाएको छ ।

फोटोनका भ्यानहरू शैक्षिक संस्था, होटेल, रुट, ट्राभल्स एण्ड टुर्स  र अन्य संस्थाहरूका लागि उपयुक्त रहेको बताइएको छ ।