कीवर्डहरू -

एमबीएको परीक्षामा च्याट जीपीटी पास

एमबीएको परीक्षामा च्याट जीपीटी पास

च्याट जीपीटीले वार्टन प्रोफेसरले बनाएको एमबीएको परीक्षा पास गरेको छ । यो अन्वेषण पेनिस्लिभेनिया विश्वविद्यालयको वार्टन स्कुलका प्रोफेसरले सञ्चालन गरेका हुन् ।

प्रोफेसर क्रिसचियन टरविचले च्याटजीपीटी थ्रीले एमबिएको डिग्री पाउँछ की पाउँदैन् भनेर जाँच लिएका थिए, जसमा एआइले धेरैमा बि वा बि माइनस ल्याउन सफल भएको थियो ।

एमबिए पढदै गरेको र उद्योगको पनि जानकारी भएकाले मात्रै जवाफ दिन सक्ने किसिमको रहेको प्रश्नहरुमा त्यतिको जवाफ दिनसक्नु उत्कृष्ट रहेको टरविचले बताएका छन् ।

बोटले सही तरिकाले जवाफहरुलाई बयान गर्न सकेको प्रोफेसर क्रिसचियन टरविचको भनाइ छ । विद्यार्थीहरुमा चोरी गर्ने दर बढ्छ भन्ने चिन्ता लागेपछि प्रोफेसर क्रिसचियन टरविचलले यो अन्वेषण गरेका हुन् ।