कीवर्डहरू -

आईफोनको चार्ज लामो समयसम्म टिकाउने उपाय

आईफोनको चार्ज लामो समयसम्म टिकाउने उपाय

भिडियो स्ट्रिम, इन्टरनेट ब्राउज, साथिसँग च्याट, सामाजिक सञ्चालनमा नयाँ पोष्ट चेक लगायतका काम गर्दा आईफोनको ब्याट्री लेभलमा प्रभाव पर्छ ।

कहिलेकाँही कुनै काम गर्दा आईफोनको ब्याट्री सकिने र त्यसले काममा असर गर्ने जस्ता समस्या तपाईले भोग्नु भएको होला । एक्टिभ आईफोन प्रयोग र ब्याकग्राउण्डको गतिविधिले पनि तपाईको ब्याट्रीमा असर गर्छ अनि चार्ज छिटो सकिन्छ ।

आज हामीले तपाईको यही समस्यालाई हल गर्न केही उपाय लिएका आएका छौं, जसले तपाईको आईफोनको ब्याट्री लामोसमयसम्म टिकाउन सहयोग गर्छ ।

तपाईको स्क्रीन ब्राइटनेसलाई म्यानेज गर्नुहोस्

ब्राइटनेस धेरै भयो भने यसले छिटो ब्याट्री खपत गर्छ । त्यसकारण आईफोनमा ब्राइटनेस कम गर्न कन्ट्रोल सेन्टर खोल्नुहोस् (फेस आईडीको साथ आइफोनको टप दाँयाबाट तल स्वाइप गर्नुहोस् वा होम बटन छ भने तलबाट माथि स्वाइप गर्नुहोस्) र ब्राइटनेस स्लाइडरलाई ड्रयाग डाउन गर्नुहोस् ।

अटो ब्राइटनेस डिसेबल गर्नाले पनि ब्याट्री बचतमा मद्दत पुग्न सक्छ । अन्यथा यसले आवश्यक पर्दा तपाईको स्क्रीनको ब्राइटनेस अटोमेटिक बढाउनेछ ।

अटो ब्राइटनेस अफ गर्न सेटिङमा गएर एसेसिबिलिटीमा जानुहोस् । त्यसपछि डिस्प्ले एण्ड टेक्स्ट साइजमा जानुहोस् र स्क्रोल गर्नुहोस् । अनि अटो ब्राइटनेस डिसेबल गर्नुहोस् ।

डिसबेल गरेर यसलाई तपाईले अझै राम्रोसँग व्यवस्थापन गर्न आवश्यक छ भन्ने कुरा दिमागमा राख्नुहोस् । लोमोसमयसम्म आफ्नो फोनलाई हाई ब्राइटनेसमा नछोड्नुहोस् ।

डार्क मोड प्रयोग गर्नुहोस्

ओएलईडी डिस्प्ले भएको फोनका लागि डार्क मोडमा प्रयोग गर्नु ब्याट्री जोगाउने अर्को उपाय हो । आईफोन एक्स, आईफोन एक्स एस/एक्सएस म्याक्स, आईफोन ११ प्रो/प्रो म्याक्स, आईफोन १२ र आईफोन १३ मा ओएलईडी डिस्प्ले प्रयोग गरिएको छ । यी मोडेलहरू प्रयोग गर्नुहुन्छ भने ब्याट्री जोगाउन डार्क मोडमा स्विच गर्नुहोस् ।

ओएलइडी डिस्प्लेले व्यक्तिगत पिक्सेलहरू बन्द गर्न सक्षम छ । यसको अर्थ कुनै पनि कालो पिक्सेलले उज्यालो हुन पावर लिदैन् । डार्क मोड अन गर्न आईफोनमा सेटिङमा गएपछि त्यहाँ डिस्प्ले र ब्राइटनेसमा जानुहोस् । अनी डार्क मोडमा ट्याप गर्नुहोस् ।

कम पावर मोडमा प्रयोग गर्नुहोस्

मोबाइलको ब्याट्री लाइफ बचाउन यो फिचर एकदमै राम्रो छ । जब तपाई ‘लो पावर मोड’ प्रयोग गर्नुहुन्छ तब आईफोनका केही सुविधा चल्दैनन् । जस्तै अटोमेटिक डाउनलोड, आईक्लाउड ब्याकअप, इमेल फेचिङ, हे सिरी आदि ।

तपाईको फोनको ब्याट्रीको लेभले २० वा १० प्रतिशत झर्दा लो पावर मोडमा स्विच गर्न चाहनुहुन्छ की भनेर खोध्ने पनि गर्दछ । तर तपाई सेटिङको ब्याट्री अप्सनमा गएर लो पावर मोडको टगल अन गर्नुभयो भने यो फिचर म्यानुअल्ली प्रयोग गर्न सक्नुहुन्छ । कन्ट्रोल सेन्टरबाट पनि यो फिचर प्रयोग गर्न सकिन्छ ।

पुश अफ गर्नुहोस् र म्यानुअल्ली इमेल पाउनुहोस्

तपाईले दैनिक रुपमा धेरै ईमेलहरु प्राप्त गर्नुहुन्छ भने तपाईले आफ्नो डिभाईसमा मेसेज अपडेट गर्ने पुस सिंकलाई बन्द गर्नुपर्ने हुन्छ । यसको सट्टा प्रयोगकर्ताले इमेल आउने समय तालिका राखेर त्यही समयमा मात्रै इमेल पाउने सेट गर्न सक्छन् ।

तपाईले आफै समयसमयमा गएर मेल चेक गरेर पनि हेर्न सक्नुहुन्छ जसले गर्दा तपाईले नहेरेसम्म मेल आफै सिंक हुँदैन् । यो केही प्रयोगकर्ताका लागि भने हल्का झन्झटिलो हुन सक्छ तर आईफोन चार्ज हुने बित्तिकै वा ब्याट्री कम नभएको समयमा पहिलेकै जस्तै सेटिगंमा गएर मिलाउन सकिन्छ ।

यो सुविधा प्रयोग गर्न शुरूमा सेटिङमा जानुहोस् । त्यसपछि मेलमा गएर अकाउन्टमा क्लिक गर्नुहोस् र फेच न्यु डेटामा क्लिक गर्नुहोस् ।

अनि माथि पुश अप्सन देखाउँछ त्यसलाई अफ गर्नुहोस् र म्यानुअल्लीमा ट्याप गर्नुहोस् वा सेड्युलमा राख्नुहोस् । यसपछि फेचबाट म्यानुअलमा परिवर्तन गर्न सूचीमा रहेका प्रत्येक खातामा ट्याप गर्नुहोस् ।

अटोलकको टाइमआउट कम गर्नुहोस्

अटोलक फिचर मोबाइलको एउटा यस्तो सुविधा हो, जसले आईफोन नचालइरहेको बेला निश्चित समयपछि मोबाइल लक गर्दछ । ३० सेकेण्डदेखि ५ मिनेटसम्म समय यसमा छनोट गर्न सकिन्छ ।

यदी तपाई ब्याट्रीको लाइफ बढाउन चाहनुहुन्छ भने अटोलकको समय कम गर्नुहोस् । अटोलक अन गर्न शुरूमा सेटिङमा जानुहोस् । त्यसपछि डिस्प्ले एण्ड ब्राइटनेस अप्सनमा गएर अटोलक फिचर अन गर्न सकिन्छ ।

ब्याट्री खेर जान नदिनुहोस्

आईफोनले कुन एपले धेरै ब्याट्री खपत गर्छ भनेर डेटा संकलन गर्ने गर्दछ । यो चेक गर्नका लागि शुरूमा सेटिङमा गएर ब्याट्रीमा जानुहोस् । जसले गएको २४ घण्टा र १० दिनमा कुन एपले कति ब्याट्री खपत गर्‍यो भनेर देखाउछ ।

यदी एपको नाम अन्तर्गत ब्याकग्राउण्ड एक्टिभिटी देख्नुहुन्छ भने यसको मतलब तपाईले सक्रिय रूपमा एप प्रयोग नगर्दा पनि ब्याट्री खपत भइरहेको छ ।

यसलाई रोक्नका लागि मोबाइलको सेटिङमा जानुहोस् । त्यसपछि जनरलमा जानुहोस् र ब्याकग्राउण्ड एप रिफ्रेसमा क्लिक गर्नुहोस् । सबै एपहरूले स्क्रीन अन राख्दा ब्याट्री खपत गर्छन् । भिडियो स्ट्रिमिङ र हेभि गेम्स जस्ता एपले छिटो ब्याट्री खपत गर्छन् ।

नोटिफिकेसन कम गर्नुहोस्

जब तपाईमा फोनमा नोटिफिकेसन प्राप्त गर्नुहुन्छ । जसले ब्याट्री खपत गर्छ । यो व्यवस्थापन गरेर पनि तपाई ब्याट्रीको लाइफ बढाउन सक्नुहुन्छ । तपाईका लाहि कुन एपको नोटिफिकेसन महत्वपूर्ण छैन्, त्यो निर्णय गर्नुहोस् र त्यसको नोटिफिकेसन बन्द गर्नुहोस् ।

यसका लागि शुरूमा सेटिङमा जानुहोस् । त्यसपछि नोटिफिकेसनमा जानुहोस् । कुन एपको नोटिफिकेसन बन्द गर्नु पर्ने हो त्यो एप छनोट गर्नुहोस् र ‘अलो नोटिफिकेसन’ टगललाई अफ गर्नुहोस् । यदी तपाई नोटिफिकेसन अफ गर्न चाहनुहुँदैन् भने आईफोनमा ‘डु नट डिस्टर्ब’ अन गर्नुहोस् ।

यसले पनि नोटिफिकेसनलाई डिभाइसमा आउनबाट रोक्दछ । तपाईलाई एक्सट्रा ब्याट्री चाहिएको अवस्थामा यो फिचर प्रयोग गर्न सक्नुहुन्छ ।