कीवर्डहरू -

वालेटबाट राजस्व तिर्दा अब अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने

वालेटबाट राजस्व तिर्दा अब अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने

नेपाल राष्ट्र बैंकले वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा लाग्ने शुल्क घटाएको छ । भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गर्दै राष्ट्र बैंकले वालेटबाट राजस्व भुक्तानी गर्दा अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने व्यवस्था गरेको हो ।

सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटबाट राजस्व भुक्तानी गर्दा ५ हजारसम्मको कारोबारमा अधिकतम ५ रूपैयाँसम्म शुल्क लाग्ने छ ।

त्यस्तै ५ हजार १ देखि १० हजारसम्मको राजस्व भुक्तानी गर्दा अधिकतम ८ रूपैयाँ शुल्क लाग्ने छ भने १० हजारमाथिको राजस्व भुक्तानी गर्दा अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने छ ।

सरकारी राजस्व भुक्तानी गर्दा यसअघि ३ हजारसम्म ५ रूपैयाँ, ३ हजारदेखि १० हजारसम्म १० रूपैयाँ र १० हजारमाथि २० रूपैयाँ शुल्क लाग्दै आएको थियो ।