कीवर्डहरू -

टेलिकमले २०० को रिचार्जमा २ जीबी र ५०० को रिचार्जमा ८ जीबी डाटा बोनस दिने 

टेलिकमले २०० को रिचार्जमा २ जीबी र ५०० को रिचार्जमा ८ जीबी डाटा बोनस दिने 

रिचार्ज गर्दा नेपाल टेलिकमको डाटा बोनस दिने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले रिचार्जमा बोनस अफर ल्याएको हो ।

टेलिकमका अनुसार २०० देखि ४९९ रूपैयाँसम्मको रिचार्जमा २ जीबी र ५०० रूपैयाँ माथिको रिचार्जमा ८ जीबी डाटा बोनस पाइने छ ।

२०० देखि ४९९ को रिचार्ज गर्दा पाएको डाटा २ दिनसम्म प्रत्येक दिन १ जीबीका दरले प्रदान हुनेछ भने ५०० माथिको रिचार्जमा पाएको डाटा ४ दिनसम्म प्रत्येक दिन २ जीबीका दरले प्राप्त हुनेछ ।

पोष्टपेड र प्रिपेड दुबै ग्राहकले यस अफरको फाइदा उठाउन सक्नेछन् । यो अफर माघ २२ देखि २९ गतेसम्म लागु हुनेछ ।