कीवर्डहरू -

हल्ट प्राइज एट आईओईको ग्राण्ड फिनाले सम्पन्न, को भयो विजेता ? 

हल्ट प्राइज एट आईओईको ग्राण्ड फिनाले सम्पन्न, को भयो विजेता ? 

युवा उद्यमीहरूका लागि सबैभन्दा ठूलो प्रतियोगिता हल्ट एट आईओई अनक्याम्पसको ग्रान्ड फिनाले सम्पन्न भएको छ । कार्यक्रममा आईओईका डीन प्रा.डा. शशिधर राम जोशी, अनुष्का श्रेष्ठ, पवन गोल्यान, विधुषी राणा लगायतको उपस्थिति रहेको थियो ।

शीर्ष दश फाइनलिस्टहरूले अन-क्याम्पस राउन्ड जित्नका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतिपर्धाबाट CNCissors टोली विजेता भएको छ । विजेता टोली मुम्बईमा हुने क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन पाउने छ ।

निर्णायक प्यानलमा चौधरी ग्रुपका फाइनान्सियल सर्भिसेज प्रमुख प्रणव कुमार दास, मक्कुसेकी सह-संस्थापक तथा सी.ई.ओ पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, उनको ब्रान्डका क्रिएटिभ डाइरेक्टर प्रियांशी जालान र  गोल्डस्टार, मार्केटिङ ब्रान्ड एण्ड डिजाइनका निर्देशक विधुशी राणा थिईन  ।

विजेता टोलीले फेसन उद्योगमा कपडालाई व्यवस्थित नगरी टुक्रा टुक्रामा काटेर उत्पादन हुने र एआईको प्रयोगमार्फत फोहोरलाई कम गर्ने उनीहरूको आईडिया थियो ।

प्रायोजक, विजेता, स्वयंसेवक र समिति सदस्यहरुलाई मायाको चिनो र पुरस्कार वितरण गर्दै कार्यक्रम समापन भएको गरिएको थियो ।