कीवर्डहरू -

मंगलबारदेखि इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३

मंगलबारदेखि इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३

इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एशोसियसन विथ डिशहोम फाइबरनेट मंगलबारदेखि सुरू हुने भएको छ । माघ २४ गतेदेखि सुरू हुने क्यान इन्फोटेक माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौंको प्रर्दशनीमार्ग स्थिति भृकुटिमण्डपमा आयोजना हुने इन्फोटेकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रडण्डले उद्धाटन गर्ने कार्यक्रम रहेकाे छ ।

यस्तै विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा लगायत सूचना प्रविधि क्षेत्रमा चासो राख्ने विभिन्न व्यक्तित्वहरूको समेत उपस्थिति रहने छ ।

इन्फोटेकमा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने छन् भने व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्ने छन् ।

क्यान इन्फोटेकको टिकट डिजिटल वालेट पे वेलबाट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि रु. १०० विद्यार्थीका लागि रु. ५० शुल्क तोकिएको छ । तर पेवेल एपबाट टिकट काट्दा २५ रूपैयाँ टिकट पाइने छ ।

यो प्रर्दशनी सुचना प्रविधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने विश्वास महासंघले लिएको छ ।

इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने महासंघको भनाइ छ ।

क्यान इन्फोटेकमा ब्राण्डिड, आईसीटी एक्ससरिज, प्रडक्ट लम्बिडसँगै आईटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ। यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिएको छ ।

साथै क्यान इन्फोटेकके दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ,क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुनेछ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ।