कीवर्डहरू -

इन्टरनेट र साइबर सुरक्षा बारे जनचेतना फैलाउँदै एनसेल

इन्टरनेट र साइबर सुरक्षा बारे जनचेतना फैलाउँदै एनसेल

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सुरक्षित इन्टरनेट दिवसको अवसर पारेर साइबर सुरक्षा सम्बन्धि जनचेतना फैलाउन सुरू गरेको छ ।

एनसेलले ‘मेरो इन्टरनेट, मेरो साइबर सुरक्षा’ अभियान अन्तर्गत इन्टरनेट र साइबर सुरक्षा सम्बन्धि जनचेतनामुलक भिडियो सिरिज कार्यक्रम सुरू गरेको हो ।

उक्त भिडियो सिरिज कार्यक्रम इन्टरनेट सुरक्षा, साइबर बुलिङ, डेटा गोपनीयता लगायत साइबर सुरक्षाका पछिल्ला समस्या बारे केन्द्रित हुने एनसेलले जानकारी दिएको छ ।

भिडियो सिरिजमा अनलाइनको दुनियाँमा सुरक्षित रहन के गर्ने र के नगर्ने लगायतका विषयमा जानकारी दिइने छ । भिडियो सिरिजले इन्टरनेट प्रयोगकर्तालाई अनलाइनमा सुरक्षित रहन सघाउने एनसेलको विश्वास छ ।

एनसेलको ‘मेरो इन्टरनेट, मेरो साइबर सुरक्षा’ अभियान गत वर्षदेखि सुरू भएको थियो । गत वर्ष इन्टरनेटमा सुरक्षित रहने उपाय र साइबर सेक्युरिटी बारे साइबर सुरक्षा विज्ञसँग भिडियो टक सिरिज गरिएको थियो ।

तर यस वर्ष भिन्ने शैलीमा साइबर सुरक्षा र इन्टरनेट बारे जनचेतना फैलाउने भिडियोहरू श्रंखलाबद्ध रूपमा एनसेलका सामाजिक सञ्जालमा उपलब्ध हुने छन् । नेपाल दूरसञ्चार प्राधिकरणले समेत सहयोग रहेको यस सिरिज अन्तर्गतको पहिलो भिडियो मंगलबार उपलब्ध भइसकेको छ ।

हेर्नुहोस् पहिलो भिडियो