कीवर्डहरू -

गूगलले सार्वजनिक गर्याे च्याटजीपीटी जस्तै आफ्नै एआई

गूगलले सार्वजनिक गर्याे च्याटजीपीटी जस्तै आफ्नै एआई

गूगलले च्याटजीपीटी जस्तै आफ्नै एआइ बार्डलाई सार्वजनिक गरेको छ । च्याटजीपीटी एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतय छलफल गरेसरहनै अन्र्तक्रिया गर्न सकछ र मान्छेले कुरा गरेजस्तोनै लाग्ने गर्दछ ।

योह अहिले प्रयोगकर्ता माझ एकदमै लोकप्रिय हुँदै गइरहेको छ जसका कारण सन् २०२३ मा कम्पनीले २०० मिलियन अमेरिकी डलर आम्दानी गर्ने र २०२४ सम्ममा १ बिलियन डलर आम्दानी गर्ने अनुमान लगाएको छ ।

यही चर्चालै हेर्दै गरेको गूगलले अब आफ्नै टेक्सट जेनेरेट गर्ने बार्ड नामक एआइ प्लेटफर्म सार्वजनिक गरेको छ । यसका बारेमा गूगलको प्यारिसमा हुन गइरहेको गूगल प्रेजेन्ट्स इभेन्टमा थप जानकारी आउनेछ ।

यो च्याट गर्ने परिक्षणात्मक टूलको रुपमा प्रयोग गरिनेछ । गूगलले धेरैजस्तो समय प्रश्नहरुका लागि सुझावित जवाफ मात्रै दिने गर्दछ र त्योसँगै महत्वपूर्ण हुन सक्ने लिंकहरु देखाइदिने गर्दछ तर च्याटजिपीटीले एकदमै उचित तथा सटिक जवाफ दिने गर्दछ जसकारण प्रयोगकर्ताहरुले च्याटजीपीटीलाई गूगल भन्दा बढि रुचाउन थालेका छन् र यही कारणले बार्ड सार्वजनिक भएको हो ।