कीवर्डहरू -

पूर्व कप्तान पारस खड्का हेल्थ एट होमको सद्भावना दुतको रूपमा आबद्ध

पूर्व कप्तान पारस खड्का हेल्थ एट होमको सद्भावना दुतको रूपमा आबद्ध

नेपाली क्रिकेटका सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्का घरघरमै पुगेर उपचार सेवा दिदै आएको हेल्थ एट  होम/मेड प्रो. इन्टरनेशनलको सद्भावना दुतका रूपमा आबद्ध भएका छन् ।

खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले  संद्भावना दुतका रूपमा आबद्ध गराएका हुन् । हेल्थ एट होमले कोभिडको समयमा पनि पारस खड्कासँग सहकार्य गरेको थियो ।

हेल्थ एट होमले पारसको परिवार, छरछिमेकी र साथीहरूको समेत हेरचाह गरेको थियो । अहिले पनि पारसले कम्पनीका अन्य सेवाहरू प्रयोग गर्दै आइरहरेका छन् ।

हिजोका दिनमा व्यक्तिगत रूपमा भेटघाट गर्न नसकेपनि अब निरन्तर सहकार्य गर्ने गरि अगाडी बढिएको कम्पनीको भनाई छ । आगामी दिनमा आवश्यकताको महशुस गर्दै सहज र आत्मविश्वासी ढंगबाट सहकार्य गर्दै अगाडी बढ्ने कम्पनीको भनाई छ ।

सद्भावना दुतका रुपमा आबद्ध गराइसकेपछि हेल्थ एट होमका संस्थापक विशाल ढकालले यो सुरूवात र आवद्धताका साथ घरमा गरिने गुणस्तरिय सेवाको जागरुकतालाई अझ नयाँ ढंगले अगाडी बढाउने प्रयास गरिररहेको बताए ।

हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ ।

हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दछ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् ।

देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।