कीवर्डहरू -

डिजिटल वालेट हाम्रो पे सार्वजनिक हुँदै

डिजिटल वालेट हाम्रो पे सार्वजनिक हुँदै

डिजिटल वालेट हाम्रो पे शुक्रबार सार्वजनिक हुने भएको छ । नेपालको धेरै डाउनलोड भएको एप ‘हाम्रो पात्रो’ ले आज आफ्नो वालेट हाम्रो पे सार्वजनिक गर्दैछ ।

हाम्रो पेबाट रिचार्ज गर्न, बिल तिर्न लगायतको डिजिटल कारोबार गर्न सकिन्छ । हाम्रो पेमा स्पिलिट बिलको समेत सुविधा हुनेछ ।

हाम्रो पेबाट नेपालपे क्युआर स्क्यान गरेर क्युआरबाटै विभिन्न सेवाको भुक्तानी समेत गर्न सकिने छ । हाम्रो पे सेवा हाम्रो पात्रो एपमै उपलब्ध हुनेछ ।

पछिल्लो समय हाम्रो पात्रोले एउटै एपमा विभिन्न किसिमका सेवाहरू थप गर्दै आफुलाई सुपर एपको रूपमा अगाडि बढाइरहेको छ ।