कीवर्डहरू -

प्रजातन्त्र दिवसमा टेलिकमको अफर, २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने 

प्रजातन्त्र दिवसमा टेलिकमको अफर, २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने 

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ९८ रूपैयाँमा ३ दिनका लागि ६ जीबी डेटा पाइने छ ।

यस्तै २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने टेलिकमले जनाएको छ । साथै ४९ रूपैयाँमा १ दिनका लागि अनलिमिटेड डेटा र अननेट १०० मिनेट भ्वाइस उपलब्ध हुनेछ ।

टेलिकमको प्रजातन्त्र दिवस अफर फागुन ६ गतेदेखि ८ गतेसम्म लागु हुनेछ । यो अफर *१४१५*११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप डाउनलोड गरेर लिन सकिने छ ।