कीवर्डहरू -

सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेन्टमा लुकेको मालवेयरबाट बचाउने

सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेन्टमा लुकेको मालवेयरबाट बचाउने

सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेनटमा लुकेर रहेको मालवेयरबाट बचाउने भएको छ । इमेज अट्याचमेन्ट मालवेयरले इमेजमा क्लिक नगरेरै डिभाइसमा मालवेयर इन्स्टल गरिदिन सक्छ ।

त्यसैकारण सामसङले ग्यालेक्सी एस २३ मा इमेज अट्याचमेन्टमा लुकेर रहेको मालवेयरबाट बचाउन नयाँ फिचर थप गरेको हो ।

मालवेयरबाट सुरक्षित हुनका लागि ग्यालेक्सी एस २३ ले मेसेज गार्ड नामक फिचरको विकास गरेको छ । यो फिचर सामसङको मेसेज एप र गूगल मेसेजमा उपलब्ध रहेको छ ।

यस फिचरले तपाईको डिभाइसमा आउने पिएनजी, जेपिजी, जेपिइजी, जिआइएफ, आइसिओ, वेबपी, बिएमपी, डब्लुबिएमपीलाई अरु फाइलहरु भन्दा छुट्याएर राख्ने छ । यसले महत्वपूर्ण व्यक्तिहरुको डिभाइसमा स्पाइवेयर इन्स्टल हुनबाट पनि रोक पनि लगाउने जनाइएको छ ।