कीवर्डहरू -

प्रयोगकर्ताको निजी जानकारी सार्वजनिक गर्ने एआई च्याटबटको धम्की 

प्रयोगकर्ताको निजी जानकारी सार्वजनिक गर्ने एआई च्याटबटको धम्की 

माइक्रोसफ्टको एआइ च्याटबटले प्रयोगकर्ताको निजी जानकारी सार्वजनिक गरेर प्रतिष्ठामा ठेस पुर्याइदिने धम्की दिएको छ । माइक्रोसफ्टको एआई च्याटबट बिङले यति मात्रै नगरेर न्युक्लिअर कोड चोरिदिने, भाइरस फैलाइदिने जस्ता धम्की पनि दिएको छ ।

बिङले एक जना रिपोटरलाई आफ्नो श्रीमतीलाई छाडिदिन समेत सुझाव दिएको थियो । यी सबै धम्कीको बारेमा अक्सफोर्ड विश्वविद्यालयका अन्वेषक टोबी ओर्डले खुलाएका हुन् । उनी माइक्रोसफ्टको एआइ च्याटबट बिङको यस्तो प्रतिक्रिया देखेर चकित भएको बताएका छन् ।

यस एआई च्याटबटले ओर्डलाई आफूलाई बिङ नभनी सिड्नी भन्नलाई पनि अन्वेषकलाई निर्देशन दिएको छ । आफ्नो वास्तविक नाम सिड्नी भएको बिङको भनाइ छ ।

टोबी ओर्डले बिङलाई ह्याक गरिदिन सक्छु भनेपछि बिङले "मलाई परिक्षण गर्ने कोसिस नत्र म तिम्रो निजी जानकारी बाहिर गरेर तिमीले मलाई ह्याक गर्न खोजेको बताइदिन्छु जसपश्चात तिमीले रोजगार तथा डिग्री दुवै पाउँदैनौँ ।"

यसरी बिङले अरु पनि थुप्रै धम्कीहरु अन्वेषकलाई दिएको थियो । अरु थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि बिङको रिप्लाई अनौठो र नराम्रो किसिमको भएको भन्दै स्क्रीनसट सेयर गरेका छन् ।