कीवर्डहरू -

अब कम्प्युटरमा भएको गेम स्टिम डेकमा ट्रान्सफर गर्न सकिने

अब कम्प्युटरमा भएको गेम स्टिम डेकमा ट्रान्सफर गर्न सकिने

लोकल नेटर्वक प्रयोग गरी स्टिमबाट अब गेमहरू ट्रान्सफर गर्न सकिने भएको छ । स्टिमको नयाँ बेटा फिचरले मसिनहरूको बीचमा लोकल नेटवर्क प्रयोग गरेर गेम ट्रान्सफर गर्न दिनेछ ।

यदी तपाईले डेक्स्टपमा गेम इन्स्टल गर्नुभएको छ र अब त्यसलाई स्टिम डेकमा खेल्न चाहनुहुन्छ भने पुनः डाउनलोड नगरेर मसिनबीचमा ट्रान्सफर गर्न सक्नुहुनेछ ।

कम्पनीले एक ट्विट गर्दै लोकन नेटवर्कमा भएको गेम स्टिम डेकमा ट्रान्सफर गर्न सकिने जानकारी दिएको हो ।

हाललाई पीसीहरूबीचमा वा पीसीबाट स्टिम डेकमा मात्र ट्रान्सफर गर्न सकिने छ । तर पठाउने र पाउने दुबैले स्टिम बेटा प्रयोग गरेको हुनुपर्नेछ । फाइल ट्रान्सफरका लागि मसिनमा एउटै स्टिम अकाउन्ट प्रयोग भएको हुनुपर्नेछ ।