कीवर्डहरू -

धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदै, शीर्ष प्रायोजकमा नेपाल दूरसञ्चार प्राधिकरण

धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदै, शीर्ष प्रायोजकमा नेपाल दूरसञ्चार प्राधिकरण

फागुन १६ गतेदेखि २० गतेसम्म धनगढीमा क्यान इन्फोटेक २०२३ आयोजना हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको शीर्ष प्रायोजनक रहेको उक्त इन्फोटेकमा एशोसियट प्रायोजकमा नेपाल टेलिकम रहेको छ ।

क्यान महासंघले कैलालीले आयोजना गरेको ५ दिनसम्म धनगढीमा चल्ने क्यान इन्फोटेकमा सूचना प्रविधिसम्बन्धि वृहत प्रदर्शनी हुनेछ । यसका साथै सेमिनार पनि सञ्चालन गरिने जनाइएको छ ।

देशको संघीय राजधानीमा क्यान इन्फोटेक सम्पन्न भएसँगै अब प्रदेशमा सुरू भएको छ । सातै प्रदेशमा क्यान इन्फोटेक आयोजना हुँदैछ ।

क्यान महासंघका केन्द्रीय उपाध्यक्ष हर्क सेटीले नयाँ नयाँ प्रविधि बारे जानकारी दिन र प्रविधि बारे सचेतना जगाउन प्रदेशमा पनि इन्फोटेक आयोजना गर्न लागेको बताए ।

हामीले प्रदेश इन्फोटेकलाई भव्य बनाउने गरी तयारी गरिरहेका छौं,’ उनले भने, ‘प्रविधि बारे जानकारी दिन र सूचना प्रविधिको ज्ञान देशभरसम्म पुर्‍याउन घनगढीमा इन्फोटेक सञ्चालन हुँदैछ ।’

प्रदेशस्तरीय धनगढीको क्यान इन्फोटेकलाई मर्कन्टाइल, इन्फोडेभलपर्स, वर्ल्डलिंक, क्यानन, प्यान्टम, हाईक भिजन, के सेभेन सेक्युरिटी, डिशहोम फाइबरनेट, एस पावर, दाहुवा टेक्नोलोजी, हिमालयन बैंक, माया मेट्रो अस्पताल, पेवेल, हुन्डाई इलेक्ट्रोनिक्स, सीजी, नास्ट कलेज, लुमिनस, रवेज लगायतका संस्थाको सहकार्य रहेको छ ।