कीवर्डहरू -

नयाँ नयाँ सीप सिक्न चाहनुहुन्छ ? यस्ता छन् उपयोगी तीन अनलाइन लर्निङ प्लेटफर्म 

नयाँ नयाँ सीप सिक्न चाहनुहुन्छ ? यस्ता छन् उपयोगी तीन अनलाइन लर्निङ प्लेटफर्म 

सामान्यता अध्ययन भन्नाले सिक्ने वा पढ्ने कुरालाई जनाउँछ । वर्तमान समय विज्ञान र प्रविधिको हो । परम्परागत कालमा मानिसहरु विभिन्न माध्यमहरुबाट दु:ख गरेर सिक्ने गर्दथे ।

हामी पनि पढ्न विद्यालय वा अन्य शैक्षिक सस्थाहरुमा जाने गर्छौ तर समयको परिवर्तन संगसंगै शिक्षाको उदेश्य, शिक्षण विधि, शिक्षण प्रक्रिया, शिक्षण सिकाई प्रक्रियाहरु, मूल्यांकनका साधनहरु पनि आधुनिक, परिस्कृत र विश्वसनीय हुदै गइरहेको छ ।

अब प्राचिन समयमा जस्तो विद्यालय गएर औपचारिक तरिकबाट शिक्षा प्राप्त गर्नुपर्छ भन्ने छैन । औपचारिक, अनौपचारिक वा जुनसुकै तरिकबाट शिक्षा प्राप्त गर्न सकिन्छ । आफुलाई आवश्कता भएको ज्ञान घरमै बसेर लिन सकिन्छ ।

आज हामी तपाईहरुलाई अध्ययनका गर्नका लागि उपयोगी तीन अनलाइन लर्निङ प्लेटफर्म बारे जानकारी दिदैछौं, जसबाट विश्वस्तरीय ज्ञान घरमै बसेर लिन सक्नुहुन्छ । नयाँ नयाँ सिप सिक्न सक्नुहुन्छ ?

कोर्सेरा डटकम

सन् २०१२ मा स्थापना भएको कोर्सेरा विश्वमा धेरै प्रयोग गरिने ई-लर्निङ माध्यम मध्ये एक हो । यसलाई स्ट्यान्डफोर्डका कम्प्युटर साइन्सका २ जना प्रोफेसरले स्थापना गरेका हुन ।

‘जहाँ पनि जसलाई पनि’ विश्वको राम्रो शिक्षा उपलब्ध गराउने उदेश्यका साथ यसको सुरुवात भएको हो । कोर्सेराबाट ११३ मिलियनले अध्ययन गरिरहेका छन् भने ७ हजार बढी कलेज, बिजनेस र सरकारी निकायहरूले प्रयोग गरिरहेका छन् ।

कोर्सेराले कोर्षका लागि २७५ भन्दा बढी विश्वका लोकप्रिय विश्वविध्यालयसँग सहकार्य गरेको छ । यसमा भाषा, स्वास्थ्य, सोसल साइन्स, आर्टस्, ह्युम्यानिटिज, डेटा साइन्स, विजनेस, व्यक्तित्व विकास, कम्प्युटर साइन्स लगायतका कोर्सहरु पाइन्छन् ।

यसमा ७ हजार भन्दा बढी कोर्सहरु रहेका छन् । कोर्सेरामा धेरै कोर्षहरू निःशुल्क पढ्न पाइन्छ तर प्रमाणपत्रका लागि भने शुल्क तिर्नुपर्ने हुन्छ ।

फ्युचर लर्न डटकम

फ्युचर लर्न डटकम पनि कोर्सेरा जस्तै अनलाइन लर्निङ प्लेटफर्म हो । यसमा पनि सःशुल्क र निःशुल्क विभिन्न कोर्षहरू अध्ययन गर्न सकिन्छ ।

फ्युचर लर्नमा पनि विभिन्न विश्वविद्यालयहरूले विभिन्न प्रकारका कोर्स उपलब्ध गराएका छन्, जसमा  विद्यार्थीहरूलाई त्यस कोर्स लाई इनरोल गरी पढ्न सक्छन् ।

फ्युचर लर्नका १७ मिलियन बढी प्रयोगकर्ता छन् । यसमा बिजनेस, हेल्थकेयर, मेन्टल हेल्थ, सूचना प्रविधि लगायतका विविध विषयमा अध्ययन गर्न सकिन्छ ।

युडेमी डटकम

युडेमी विश्वको टप ई-लर्निङ प्लाटफर्म हो । जसमा डेभल्पमेन्ट, विजनेश, डिजाइन, आइटी, मार्केटिङ, लाइफस्टाइल, फोटोग्राफि, हेल्थ, फिटनेश, म्युजिक, टिचिङ लगायतका विविध कोर्सहरु यसमा पाइन्छन् ।

युडेमीमा तपाईँले कुनै कोर्स पैसा तिरेर खदिर गर्नुभयो भने ३० दिनको पैसा फिर्ताको ग्यारेन्टी समेत पाउनु हुन्छ । युडेमीमा ७० हजार बढी सिकाउने मान्छे छन् । भने २ लाख बढी विविध कोर्सहरु छन् ।

त्यस्तै ५९ मिलियनले बढीले ‍पढिरहेका छन् भने युडेमीमा ७५ भन्दा बढी भाषामा कोर्सहरु उपलब्ध छन् । तपाईँले यसबाट विभिन्न कोर्सहरु निशूल्क तथा सःशूल्क अध्ययन गर्न सक्नु हुनेछ ।

अहिले डिजिटल युगमा पढ्न, पढाउन कठिन छैन् । हामीले माथि भनेका प्लेटफर्मको मोबाइल एप डाउनलोड गरेर पनि पढ्न सक्नुहुन्छ । माथि उल्लेखित प्लेटफर्म तपाईको करियरलाई अझै अगाडि बढाउन सहयोगी हुन सक्छन् ।