कीवर्डहरू -

आज डिजिटल लर्निङ डे, नेपालमा पनि मनाइँदै

आज डिजिटल लर्निङ डे, नेपालमा पनि मनाइँदै

आज डिजिटल लर्निङ डे । हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाइन्छ । नेपालमा पनि विगतदेखि नै डिजिटल लर्निङ डे मनाउँदै आइएको छ ।

यस वर्ष पनि एडचेन्ज नेपाल लगायतका संस्थाहरूले डिजिटल लर्निङ डे मनाउँदै छन् । सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी २०१२ देखि डिजिटल लर्निङ दिवस विश्वव्यापी रूपमा मनाउन सुरू गरिएको थियो ।

शिक्षालाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई शेयर गर्न र नवीन डिजिटल सिकाइमा जागरूकता फैलाउने प्रयास स्वरूप डजिटल लर्निङ डे मनाइन्छ  ।

एडचेन्ज नेपाल सस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रम आयोजना गर्न लागेको हो । होटल हिमालय, कुपण्डोलमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, प्यानल सेसन र आइडिया पिचिङको कार्यक्रम रहेको छ ।

डिजिटल लर्निङ डे, सन् २०१२ देखि एलायन्स फर एक्सिलेन्ट एजुकेशन नामक सस्थाले विश्वभर सुरु गरेको एउटा अभियान हो । फ्रेब्रुअरी महिनाको तेस्र्रो हप्ताको बिहिबारको दिन विश्वका सर्यौ देशहरुमा डिजिटल लर्निङ डे मनाउने गरिन्छ ।

यस वर्ष नेपालमा शिक्षामा परिवर्तनको स्लोगनसहित काम गरिरहेको एडचेन्ज नेपालले आयोजना गरिरहेको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइटेलले मुख्य वक्ताको रुपमा प्रस्तुती दिनेछन् ।

यसैगरी नेपाल खुल्ला विश्वविद्यालयका सह प्राध्यापक डा.भोजराज घिमिरे र काडिंगल भारतमा सह सस्थापक सत्यम वर्नवालको कार्यपत्र प्रस्तुती रहेको छ ।

प्यानल सेसनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, युनेस्को, प्याब्सन र अन्य संस्थाहरुबाट उपस्थित भएका विशिष्ट व्यक्तिहरूबीच अन्तकृया सञ्चालन हुनेछ ।

आइडिया पिचिङको रुपमा शिक्षकहरुले टिचिङ अभ्यासको बारेमा नयाँ आइडियाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रमले डिजिटल शिक्षाको लागि नयाँ अवधारणा बनाउनेसँगै आवश्यक नीति र योजनाहरुमा सघाउ पुर्याउने आयोजकले विश्वास लिएको छ ।

डिजिटल शिक्षालाई प्रवद्धन गर्ने सन्दर्भमा ‘डिजिटल लर्निङ डे’ को सान्दर्भिकता र महत्व अझै बढेर गएको छ । झन कोरोना महामारीपछि यसको महत्त्व झणै चुलिरहेको छ ।

दिनदिनै डिजिटल लर्निङको महत्त्व बढ्दै जाँदा पनि सरकारले भने यसलाई खासै प्राथमिकतामा राख्न सकेको छैन् । डिजिटल लर्निङका धेरैजसो प्रयास निजी क्षेत्रबाटै भएका छन् ।