कीवर्डहरू -

किन आवश्यक छ डिजिटल लर्निङ ? 

किन आवश्यक छ डिजिटल लर्निङ ? 

डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो, जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ । डिजिटल लर्निङमा अनलाइन लर्निङ मात्र नभएर ब्लेण्डेड लर्निइङ, फ्लिप्ड लर्निङ, पर्सनलाइजड लर्निङ जस्ता कुराहरु पर्दछन् ।

डिजिटल लर्निङले पढाइको गुणस्तरीयता वृद्धिमा सहयोग पुर्‍याउँछ । विद्यार्थीलाई प्राविधिक उपकरण दिएर मात्रै डिजिटल लर्निङ हुदैन् र सोका लागि प्रयोग गर्ने तरिका पनि सिकाउनुपर्ने हुन्छ । यसले उन्नत र नवीन विचार ल्याउन प्रोत्साहित पनि गर्ने गर्दछ ।

डिजिटल लर्निङले पढ्ने अनुभवलाई अझै रमाइलो बनाउँछ । त्यस्तै विद्यार्थीको प्रगतिलाई पनि डिजिटल लर्निङको मद्दतले ट्रयाक गर्न सकिन्छ । यसले सकारात्मक रुपमा विद्यार्थीको विकास र उपब्धिका लागि सहयोग गर्छ ।

डिजिटल लर्निङले परम्परागत शिक्षण प्रक्रियालाई परिमार्जित गरिरहेको छ । समान्यता ई बोर्डको प्रयोग या विस्तृत सफ्टवेयरको प्रयोग दुवै तरीका डिजिटल लर्निङकै अन्तरगत नै पर्दछ । यसले विद्यार्थीहरुलाई पढाइमा अझै रुची बढाउँछ ।

लर्निङ उपकरण र प्रविधिले विद्यार्थीहरुलाई स्वत सिक्न सक्ने सीपको पनि विकास गराउँछ । डिजिटल लर्निङले विद्यार्थीहरुलाई विचारक पनि बनाउँछ । त्यस्तै यसले अनुशासन र मिहिनेत गर्न पनि सिकाउँछ ।

आजको युग डिजिटलको हो । डिजिटल युगमा परम्परागत तरिकाले मात्रै विद्यार्थीले अन्तर्क्रियात्मक रूपमा अध्ययन गराउन सकिदैन् ।

सिकाइलाई मनोरञ्जन, अन्तर्क्रियात्मक र सहज बनाउन डिजिटल लर्निङ अपरिहार्य भइसकेको छ । पछिल्लो समय विश्वभर डिजिटल लर्निङको लहर आएको छ ।

नयाँ नयाँ स्टार्टअपहरूको जन्म भइरहेको छ तर नेपालमा भने सरकारले डिजिटल लर्निङलाई त्यति धेरै प्राथमिकता दिएको छैन् । निजी क्षेत्रबाट केही प्रयास भएका छन् तर पर्याप्त छैनन् ।

त्यसकारण सरकारले डिजिटल लर्निङलाई प्राथमिकता राख्दै सिकाइलाई प्रभावकारी बनाउनु जरूरी भइसकेको छ । गाउँगाउँसम्म डिजिटल लर्निङको पहुँच पुर्‍याउन पनि सरकारले धेरै काम गर्नुपर्ने देखिन्छ ।

डिजिटल लर्निङका फाइदा

परम्परागत शिक्षा प्रणालीको तुलनामा ई-लर्निङका धेरै फाइदा रहेका छन् । विश्वका जुनसुकै कुनामा बसेर पनि ई-लर्निङमार्फत विभिन्न शिक्षण संस्थाले उपलब्ध गराउने औपचारिक शिक्षा लिन सकिन्छ, जसले गर्दा सम्बन्धित ठाउँमै गएर पढ्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

अर्कोतर्फ परम्परागत शिक्षा पद्धतिभन्दा सुलभ पर्न आउँछ । मल्टिपल कम्प्युटर डिभाइस तथा स्मार्टफोन तथा ट्याब्लेटजस्ता डिभाइसबाटै अध्ययन अध्यापन गर्न सकिन्छ । विभिन्न सफ्टवेयरको प्रयोग गरेर कोर्सहरूको ई-भर्सनमा राख्न सकिन्छ । पढाउन धेरै शिक्षकको आवश्यकता पर्दैन ।

यसरी ई- लर्निङले समय र पैसा दुवैको बचत गर्छ । मल्टिमिडिया टुलहरूको प्रयोग गरेर पठनपाठनलाई थप रमाइलो बनाउन सकिन्छ ।