कीवर्डहरू -

बिङ च्याटबट मोबाइल एप र स्काइपमा समेत सार्वजनिक

बिङ च्याटबट मोबाइल एप र स्काइपमा समेत सार्वजनिक

माइक्रोसफ्टले बिङ एआइ च्याटबटलाई मोबाइल एप र स्काइपमा सार्वजनिक गरेको छ । अहिलेसम्म एज डेस्कटप ब्राउजर मार्फत मात्रै माइक्रोसफ्टको बिङ एआइ च्याटबटलाइ प्रयोग गर्न सकिन्थ्यो तर अब भने मोबाइल एप र स्काइपमार्फत पनि प्रयोग गर्न सकिन्छ ।

यो भर्सन दुवै एन्ड्रोइड र आइओएसका लागि उपलब्ध भएको छ । बिङ मोबाइल एपको तल क्लिक गर्दा च्याट सुरु हुन्छ जहाँबाट कुराकानी सुरु गर्न सकिन्छ । स्काइपमा पनि बिङसँग कुराकानी गर्न सकिन्छ वा त्यसलाई ग्रुप च्याटमा समेत जोड्न सकिन्छ । यसले सय भन्दा बढि भाषाहरुमा अनुवाद समेत गर्न सक्छ ।