कीवर्डहरू -

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने भएको छ । केही समय अगाडि सार्वजनिक भएको हाम्रो पेबाट अब नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्युआर स्क्यान गर्न सकिने भएको हो ।

योसँगै नेपालपे क्युआरमा आवद्ध भएका २ लाख बढी व्यवसायहरूमा हाम्रो पेका प्रयोगकर्ताले सजिलै क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने छन् ।

हाम्रो पेको स्क्यान एण्ड पे अप्सनमा गएर क्युआर कोड स्क्यान गर्न सकिन्छ । नेपालको सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले हाम्रो पे सुविधा थप भएपछि डिजिटल भुक्तानीका लागि छुट्टै एप डाउनलोड गर्दैन् । हाम्रो पात्रोबाटै हाम्रो पेको सेवा प्रयोग गरी डिजिटल कारोबार गर्न सकिन्छ ।

हाम्रो पेमा स्प्लिट एक्सपेन्स, पर्सनल एक्सपेन्स ट्रयाकर, लाईभ च्याट कस्टुमर सपोर्ट लगायतका सुविधा छन् । यी बाहेक अन्य डिजिटल वालेटमा भएका टपअप, पैसा ट्रान्सफर, बिल भुक्तानी लगायतका सुविधा छन् ।