कीवर्डहरू -

द भ्वाइस किड्स- सिजन २ को भोटिङ पार्टनरमा ‘खल्ती’

द भ्वाइस किड्स- सिजन २ को भोटिङ पार्टनरमा ‘खल्ती’

खल्तीले द भ्वाइस किड्स सिजन २ सँग एक्सक्लुसिभ भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । कार्यक्रमको भोटिङ लाइन खुलेपछि दर्शकहरुले सजिलैसँग आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन् ।

कार्यक्रम फागुन २६ गतेबाट हिमालय टिभीबाट औपचारिक रुपमा प्रसारण हुनेछ । यस सिजनमा पनि गायक प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कोच/निर्णायक रहनेछन् । यसैबीच, यो सिजनका लागि नयाँ कोच गायक शुशान्त केसी पनि रहेका छन्।

द भ्वाइस किड्स - सिजन २, हिमालय टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ । कार्यक्रम ब्लाइन्ड अडिसनबाट सुरु हुनेछ । त्यसपछि ब्याटल राउन्ड, लाइभ राउन्ड र फाइनल राउन्ड हुनेछ ।

भोटिङ लाइन लाइभ राउन्डबाट खुला हुनेछ र प्रयोगकर्ताहरूले खल्ती एप प्रयोग गरी आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन्।

साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले सबैलाई खल्ती डाउनलोड गर्न र आफ्नो मनपर्ने प्रतियोगीलाई निर्बाध रूपमा भोट गर्न तयार हुन अनुरोध गरे ।