कीवर्डहरू -

साओमी १३ सिरिज सार्वजनिक, यस्ता छन् सुविधा 

साओमी १३ सिरिज सार्वजनिक, यस्ता छन् सुविधा 

स्मार्टफोन निर्माता कम्पनी साओमीले साओमी सिरिज विश्वबजारमा सार्वजनिक गरेको छ । साओमीले आईतबार मोबाइल वर्ल्ड कंग्रेसमा साओमी १३ सिरिज अन्तर्गत साओमी १३, साओमी १३ प्रो र साओमी १३ लाइट स्मार्टफोन सार्वजनिक गरेको हो ।

साओमी १३ र १३ प्रोमा स्न्यापड्रयागनको पछिल्लो चिपसेट स्न्यापड्रयागन ८ जेन ३ प्रयोग गरिएको छ । साओमी १३ र १३ प्रोमा हाई इण्ड हार्डवेयर राखिएको छ । यी फोनमा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजसम्मको सुविधा उपलब्ध हुनेछ ।

साओमी १३ र १३ प्रोमा केही फरक छन् । साओमी १३ मा ६.३६ इन्चको डिस्प्ले राखिएको छ भने प्रोमा ६.७३ इन्च डिस्प्ले रहेको छ । प्रोमा ट्रिपल लेन्स क्यामेरा, अल्ट्रा फास्ट चार्जिङ लगायतका सुविधा छन् ।

यस्तै साओमी १३ मा ४५०० एमएएच ब्याट्री राखिएको छ, जसले ६७ वाच फास्ट चार्जिङ सपोर्ट गर्छ । यता प्रोले भने ४८२० एमएएच ब्याट्री छ, जसले १२० वाट वायर र ५० वाट वायरलेस चार्जिङ सपोर्ट गर्छ ।

त्यस्तै साओमी १३ लाइट साओमी सिभिक २ को रिब्याज संस्करण हो । यसमा स्न्यापड्रयागन ७ जेन १ प्रोसेसर राखिएको छ भने एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा रहेको छ । फोनमा ८ जीबी र\\‍याम उपलब्ध छ ।

साओमीको १३ को मूल्य ९९९ युरो र साओमीको १३ प्रोको मूल्य १२९९ युरो र साओमी १३ लाइटको मूल्य ४९९ युरोबाट सुरू हुनेछ ।