कीवर्डहरू -

के च्याटजीपीटले हरेक समय सही उत्तर दिन्छ ?

के च्याटजीपीटले हरेक समय सही उत्तर दिन्छ ?

च्याटजीपीटी जीपीटी ३.५ मा आधारित एक विशाल भाषिक मोडेल च्याटबट हो । यस प्रणालीलाई ओपनएआइले नोभेम्बर, २०२२ मा सार्वजनिक गरेको थियो । ओपन एआइद्वारा निर्मित यस प्रणालीले लामो तथा गहन किसिमको प्रश्नको उत्तर सहज रुपमानै दिन सक्छ । तर यसले सँधै सही उत्तर दिदैन् ।

ओपनएआईले सुरु देखि बताए अनुसार च्याटजीपीटीले समयसमयमा गलत उत्तर पनि दिन सक्छ । यसले धेरै जसो समय मेरा यहाँ चुक भएको हुनसक्छ भनेर प्रयोगकर्ताहरुलाई सावधान पनि गराउने गरेको छ । यसले रमाइलो तरिकाले ‘उत्तर मेरो दिमागले भ्याउने भन्दा बाहिरको भएकाले म उत्तर दिन असमर्थ छु ।’ जस्तो जवाफ पनि फर्काउने गरेको छ । यसले ‘मेरो प्रशिक्षण भन्दा बाहिरको विषय हो’ भनेर पनि प्रतिक्रिया दिने गरेको छ ।

यसले कतिपय समय कुनै कुरा व्याख्या गर्नलाई पनि अप्ठयारो मान्ने गरेको पाइएको छ । यस्तो समयमा पनि प्रयोगकर्ताले चाहिरेको प्रतिक्रिया प्रणालीले नदिईरहेको पाइएको छ । यस्तो भएता पनि च्याटजीपीटी धेरैनै लोकप्रिय भएको एआइ हो ।

च्याटजीपीटीको लोकप्रिय हुनुमा एक महत्वपूर्ण कारक यो निःशुल्क रहेकोलाई मान्न सकिन्छ । अहिलेसम्मका लागि च्याटजीपीटी सबै प्रयोगकर्ताहरुका लागि निःशुलकनै रहेको छ ।