कीवर्डहरू -

चालु आर्थिक वर्षमा देशभरका आधारभूत विद्यालयमा पनि ब्रोडब्याण्ड इन्टरनेट पुग्ने

चालु आर्थिक वर्षमा देशभरका आधारभूत विद्यालयमा पनि ब्रोडब्याण्ड इन्टरनेट पुग्ने

चालु आर्थिक वर्षमा देशभरका आधारभूत विद्यालयमा पनि ब्रोडब्याण्ड इन्टरनेट पुग्ने भएको छ । बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सूचना प्रविधिमा महिला संस्थाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस्तो जानकारी दिएका हुन् ।

देशभरका स्थानीय तह, वडा कार्यालय, स्वास्थ्य संस्था र माध्यमिक विद्यालयमा ब्रोडब्याण्ड पुगेको जानकारी दिदै खनालले चालु आर्थिक वर्षमा आधारभूत विद्यालयमा पनि इन्टरनेट पुर्‍याउने बताए ।

यसअघि नै यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार भइसकेकाले जोड्न धेरै समय नलाग्ने खनालको भनाइ छ ।