कीवर्डहरू -

जमुनी अटो सेन्टरले ल्यायो नयाँ विद्युतीय स्कुटर स्लेन

जमुनी अटो सेन्टरले ल्यायो नयाँ विद्युतीय स्कुटर स्लेन

जमुनी अटो सेन्टरले नेपाली बजारमा नयाँ ईलेक्ट्रिक स्कुटर स्लेन ल्याएको छ। स्लेनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जमुनी अटोले सोही समारोहमा स्कुटर ईलेक्ट्रिक स्लेन सार्वजनिक गरेको हो ।

३५०० वाटको क्षमता भएको र ७२ भि ५२ एच ब्याट्री पावर भएको स्लेन ईलेक्ट्रिक स्क्टुर रातो, कालो, खैरो, सेतोसहित पाँचवटा आकर्षक रंगहरूमा उपलब्ध छन् ।

यो ईलेक्ट्रिक स्क्टुर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको कम्पनीको दावी छ । यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

निकट भविष्यमै विद्युतीय अटोरिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनहरू र चार पाङ्ग्रे सवारीसाधनहरू पनि आफूहरुले भित्र्याउन लागेको कम्पनीले जनाएको छ ।

चीनमा निर्मित स्लेनका ईलेक्ट्रिक स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चिनियाँ अटोमोबाइल्स बजारमा छैटौँ स्थानमा पर्दछन्। स्लेन ईलेक्ट्रिक स्क्टुरको ब्याट्री ६ वर्षसम्म ढुक्कैले चल्ने जमुनी अटो सेन्टरको भनाइ छ।