कीवर्डहरू -

सामसङ स्मार्ट प्लाजाको शाखा कैलालीमा स्थापना

सामसङ स्मार्ट प्लाजाको शाखा कैलालीमा स्थापना

कैलालीमा सामसङ स्मार्ट प्लाजाको शाखा स्थापना भएको छ । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले  पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको हो ।

हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सका कलाधर ठाकुरले फागुन २६ गते सो प्लाजाको उद्घाटन गरेका हुन्।

सुविधा सम्पन्न यस सामसुङ स्मार्ट प्लाजा, ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध जनाइएको छ ।

ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि  साट्न सक्ने छन् । यससँगै, ग्राहकहरूले Hulas Fin Serve मार्फत सजिलै किस्ताबन्दिको सेवा पनि  प्राप्त गर्न सक्ने छन् ।

उक्त सामसङ स्मार्ट प्लाजाका संचालक शिव शङ्कर ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए ।