कीवर्डहरू -

कसरी प्रयोग गर्ने गूगल फोटोजको म्याजिक इरेजर फिचर ?

कसरी प्रयोग गर्ने गूगल फोटोजको म्याजिक इरेजर फिचर ?

गूगलले गूगल वानको प्रयोगकर्ताका लागि विभिन्न फोटो एडिटिङ गर्नका लागि विभिन्न फिचरहरु राखेको छ । यही मध्य म्याजिक इरेजर र क्यामोफ्लेज अप्सन रहेका छन् ।

यी फिचर प्रयोग गरी आफ्नो फोटोबाट नचाँहिदो अबजेक्ट  हटाउन सकिन्छ । गूगल वान सब्सक्रिप्सन फिचर भएता पनि गूगलले मार्च बाट यसको निःशुल्क ट्रायल प्रयोग गर्न दिएको छ ।

यसका लागि सबैभन्दा सुरुमा गूगल फोटोज एप खोल्नुपर्ने हुन्छ । अब प्रष्ट इमेज र टेक्सचर भएको फोटो छनोट गर्नुपर्ने हुन्छ ।

यति गरेपछि स्क्रीनको तल्लो भागमा रहेको एडिट बटनमा क्लिक गर्नुपर्छ र त्यहाँ रहेको सजेस्टेड टूल वा टूल्स क्याटेगरीबाट म्याजिक इरेजर अप्सन छनोट गर्नुपर्ने हुन्छ ।

अब एपले इमेजलाई स्कयान गर्ने गर्दछ र इरेज गरेर हटाउनुपर्ने विभिन्न कुरालाई हाइलाइट गर्ने गर्दछ । तपाईले एक एक गरेर सेलेक्ट पनि गर्न सक्नुहुन्छ वा इरेज अल अप्सन पनि छान्न सक्नुहुन्छ ।

तपाईले म्यानुअली कुन भाग हटाउने भनेर पनि त्यो ठाउँमा छोएर सेलेक्ट गर्न सक्नुहुन्छ । यदि पुर्ण रुपदले नहटाइकनै अलि कतिमात्रै लुकाउन मन छ भन्ने क्यामोफ्लेज भन्ने अप्सन पनि सेलेक्ट गर्न सकिन्छ । यस फिचरले वरीपरीको रंगसँग त्यो अबजेक्टलाई मिलाएर थाहा नपाउने बनाउन दिन्छ ।