कीवर्डहरू -

अब वस्तु र सेवा मात्रै होइन, डिजिटल कन्टेन्टलाई पनि उपभोक्ता अधिकारभित्र राख्नुपर्छ

अब वस्तु र सेवा मात्रै होइन, डिजिटल कन्टेन्टलाई पनि उपभोक्ता अधिकारभित्र राख्नुपर्छ

विश्व उपभोक्ता अधिकार दिवस अन्य देशले भन्दा नेपालले फरक तरिकाले मनाउनु पर्छ । किनभने नेपालले संविधानमै उपभोक्ता अधिकारलाई मौलिक हकभित्र राखेको छ ।

राज्यले छिन्न नसक्ने हकका रूपमा उपभोक्ता अधिकारलाई राखेका छौं । उपभोक्ता अधिकारको कुरा एक दिन मात्र गरेर हुँदैन्, वर्षैभरि गर्नुपर्छ । अघि पछि सर्प भनेर उपभोक्तालाई मारेपनि उपभोक्ता अधिकार दिवसको सप्ताहामा ‘नाग’ भनेर पुजा गर्ने दिन हो ।

सन् २०१५ मा बेलायले उपभोक्ता अधिकार ऐन २०१५ जारी गर्‍यो । त्यसमा बेलायत अब  सेवा र वस्तु मात्रै उपभोक्ताको अधिकार होइन् डिजिटल कन्टेन्ट पनि उपभोक्ताको अधिकार हो भन्दै सेवा र वस्तुसँगै डिजिटल कन्टेन्टलाई उपभोक्ता अधिकारभित्र समावेश गरेको छ ।

तर हामीले अहिलेसम्म त्यसलाई आत्मसात गर्न सकेका छैनौं । नेपालले पनि अब डिजिटल कन्टेन्टलाई उपभोक्ताको अधिकारभित्र राख्नुपर्छ ।

इन्टरनेट सेवाको गुणस्तरमा पनि धेरै कमजोरीहरू छन् । सेवाको गुणस्तर उपभोक्ताको सरोकारको विषय हो । दूरसञ्चार उपभोक्तालाई अन्याय भएमा उजुरी गर्ने प्रक्रिया सहज छैन् । काठमाडौंमै आउनु पर्छ ।

मुगको मान्छेलाई पनि जमलमै आएर उजुरी गर्ने व्यवस्था गरिएको छ । अब यसको कानुन संशोधन गर्नुपर्छ । त्यो बेला प्रविधिको विषयमा मुगुको न्याधिशलाई थाहा हुँदैन भने राखियो । अब त्यहाँको मर्का त्यही हेर्न पाउनु पर्छ । हामी संघीयतामा गएका छौं । त्यसकारण उजुरी गर्न जमल आउने व्यवस्थालाई परिमार्जन गर्नुपर्छ ।

अहिले पनि टेलिकम क्षेत्रमा मोनोपोली छ । नेपाल टेलिकम र एनसेलले बजारमा मोनोपोली गरिरहेका छन् । प्रतिस्पर्धा ऐनले मोबाइल बजारमा तीन वा तीनभन्दा बढी सेवा प्रदायक आउनुपर्छ भनेको छ । नभए त्यो बजार होइन्, मोनोपोली हो, भन्छ ।

(सोमबार विश्व उपभोक्ता दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उपभोक्ता हित अधिकार मञ्चका अध्यक्ष बाँनियाले व्यक्त गरेको सम्पादित अंश )