आइतबार, १९ चैत, २०७९
Sunday, 02 April, 2023
Skip Advt.

युनिमनीबाट आईएमईमा पैसा पठाउँदा आइफोन १४ प्रोदेखि १०० ग्राम सुनको सिक्कासम्म जित्ने मौका    

आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल  सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘ आइएमई पे ’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको ‘सेन्ड मनी अन्लाईन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रूपमा समझ्दारी भएको छ । 

विन बिग क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन  पोर्टल www.unimoni.qa मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले  आईफोन १४ प्रो, ५ जना विजेताले सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा साथै ३० जना सेवाग्राहीहरूले  २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने छन् । 

क्याम्पेन चैत १ गतेदेखि जेठ १ गतेसम्म लागु हुनेछ । उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पेवालेटमा रू. ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ । 

अनलाइन च्यानलहरुको प्रवर्द्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ । 


 

सम्बन्धित समाचार