कीवर्डहरू -

नेपाली आइटी स्टार्टअप रिङ्गेज \'टेकफर डेमोक्रेसी एसिया\' अन्तर्गत एसिया प्यासिफिकको फाइनलमा

नेपाली आइटी स्टार्टअप रिङ्गेज \'टेकफर डेमोक्रेसी एसिया\' अन्तर्गत एसिया प्यासिफिकको फाइनलमा

आवाजमा आधारित मोबाइल इङ्गेजमेन्ट प्रविधि रिङ्गेजले 'स्टार्टअप टेक फोर डेमोक्रेसी एसिया'को एसिया र प्यासिफिक क्षेत्रमा फाइनल (टप ५) परेपछि गत साता भारतको नयाँ दिल्लीमा भएको टेकफरडेमोक्रेसी एसियामा सहभागी भएको छ ।

नेपाली स्टार्ट अप कम्पनी रिङ्गेज प्रतियोगितामा भारतबाट इभोटिङतर्फ राइट २ भोट, न्युजिल्याण्डबाट साइबर सेक्युरिटीतर्फ सेफटुओपन, सिंगापुरबाट फाइनान्सियल इन्क्युज कम्पनी स्माइल र इन्डोनेसियाबाट सुआराइज टफ ५ फाइनलिस्टमा परेका हुन् ।

युएस डिपार्टमेन्ट अफ स्टेट, माइक्रोसफ्ट, अब्जर्भर रिसर्च फाउन्डेशन र भोक्ससेन युनिभर्सिटीको साझेदारीमा आईई सेन्टर फर द गभर्नेन्स अफ चेन्ज टीमले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा एसिया क्षेत्रका स्टार्टअपको दर्जनौं आवेदन परेको थियो । ती कम्पनीहरूलाई पछि पार्दै रिङ्गेज टप ५ फाइनलिस्टमा परेको हो ।

डेमोक्रेसीलाई प्रवर्द्धन गर्ने तथा साइबर सुरक्षालाई मजबूत बनाउने, प्रविधिमा नागरिकको पहुँच बढाउने, डिजिटल, वित्तीय तथा राजनीतिक समावेशीकरणमा जोड दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको थियो ।

रिङ्गेजको मोबाइल इङ्गेजमेन्ट प्रविधिले गैरनाफामूलक कम्पनीहरू, निजी कम्पनी तथा अन्य संस्थाहरूलाई भ्वाइस म्यासेजमार्फत ठूलो समूहलाई एकैपटक सन्देश पठाउन सहयोग गर्दै आएको छ ।

एकैपटक ठूलो समूहमा भ्वाइस सन्देश पठाउनका लागि अत्यन्तै उपयोगी रहेको यस सेवा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । भ्वाइस म्यासेज सेवामार्फत व्यवसाय, सुशासन, स्वास्थ्य र शिक्षामा सुधार गर्न सूचनामा पहुँच वृद्धि गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

रिङ्गेजले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको फाइनलमा छनोट हुन पाउँदा निकै हर्षित भएको बताएक छ । 'हामी विश्वास गर्छौं कि हाम्रो मोबाइल इन्गेजमेन्ट टेक्नोलोजीले नेपाल र बाहिर लोकतान्त्रिक संलग्नता र सूचनाको अधिकारलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ,' कम्पनीले भनेको छ ।

प्रतियोगितामा नेपाली स्टार्टअपको उपलब्धिले नेपाल र समग्र एसिया क्षेत्रमा लोकतान्त्रिक सहभागिता र सूचनाको हकको प्रवर्द्धनमा प्रविधिको बढ्दो भूमिकालाई जोड दिने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

कार्यक्रममा रिङ्गेजका संस्थापक दिपेश रेग्मीले इन्नोभेटिभ मोबाइल इंग्जमेन्ट टेक्नोलोजी र यसको प्रयोग बारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले रिङ्गेजमार्फत ठूला संस्थाहरू मानिसहरूको ठूलो समूहहरूमा पनि आफ्नो पहुँच स्थापना गर्न सक्षम हुने बताए ।

उनले  त्यस्ता कम्पनीले आफूलाई आवश्यक भाषामा एकैपटक आवाजसहितको सन्देश पठाउनका लनगि कम्पनीको सेवा अत्यन्तै उपयोगसिद्ध साबित भएको बताए । सोही उपयोगिताका कारण पनि रिङ्गेज टप फाइनलमा पुगेको उनको भनाइ छ  ।