आइतबार, १९ चैत, २०७९
Sunday, 02 April, 2023
Skip Advt.

माइक्रोसफ्टको बिङ च्याट एआई सर्च सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने

माइक्रोसफ्टले बिङ च्याट एआई बिङ च्याटबट सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउन थालेको छ । माइक्रोसफ्टले गत महिना देखि सिमित बेटा प्रयोगकर्ताहरुका लागि च्याटजीपीटीबाट पावर गरिएको बिङ सार्वजनिक गरेको थियो तर अबभने सबै प्रयोगकर्ताका लागि बिङ उपलब्ध हुन सुरू भएको छ ।

विन्डोज सेन्ट्रलका रिपोर्ट अनुसार च्याटजीपीटी फोरको बिङ प्रयोग गर्न चाहने सबैका लागि उपलब्ध भएको छ । यसमा साइन इन गरेर मात्रै प्रयोग गर्न सकिने छ ।

यसमार्फत प्रयोगकर्ताहरुले च्याटजीपीटी चारको सब्सक्राइबर नभएरै अनुभव लिन सक्ने छन् । माइक्रोसफ्टले ओपन एआईमा १० बिलियन डलरको लगानी गरेका कारण अहिले बिङमा च्याटजीपीटी फोर उपलब्ध हुने भएको हो । 


 

सम्बन्धित समाचार