कीवर्डहरू -

शिक्वल फाउन्डेसनले आयोजना गरेको वुमन इन डेटा कन्फेरेन्स शनिबार हुँदै

शिक्वल फाउन्डेसनले आयोजना गरेको वुमन इन डेटा कन्फेरेन्स शनिबार हुँदै

शिक्वल फाउन्डेसनले शनिबार वुमन इन डेटा विषयमा कन्फेरेन्स आयोजना गर्ने भएको छ । होटक हायात प्लेसमा आयोजना हुने उक्त कन्फेरेन्स बिहान ९ बजेदेखि सुरू हुनेछ ।

कार्यक्रममा मुख्य वक्ताको रूपमा १० डीएसका निर्देशक डा. लौरा गिलवर्ट रहेका छन् । त्यस्तै कार्यक्रममा महिला उद्यमीलाई डिजिटल र वित्तिय साक्षरता विषयमा वुमन इन डेटा स्टेरिङ कमिटीकी सह संस्थापक नहसला जोशी, डेटा भिजुअलाइजेसनको मूल्य बारे गिगप्रोकी वरिष्ठ विजनेस इन्टेलिजेन्स म्यानेजर जे मिसेल मरा, सार्वजनिक क्षेत्रको नजरबाट डेटामा महिला विषयमा राष्ट्रिय तथ्यांक कार्यालयकी डेपुटी प्रमुख तथ्यांक अधिकारी मुन्नी चौधरी र डेटाको भविष्य बारे ७५७ कोल्याबकी रणनीतिक साझेदारी प्रमुख इलिना ब्रेवेयरको प्रस्तुती रहने छ ।

यस्तै कार्यक्रममा २ वटा प्यानल डिस्कसन रहेका छन् । पहिलो डिस्कसन महिला उद्यमशीलतामा सरकार, नागरिक समाज र शिक्षाको भूमिकामा छलफल हुनेछ, जसमा वक्ताको रूपमा काठमाडौं विश्वविद्यालयको गणित विभागकी प्राध्यापक ज्योती देवकोटा, आन्ट्रप्रेरणाका सह-संस्थापक निरज खनाल, राष्ट्रिय आदिवासी महिला महासंघ नेपालकी संस्थापक स्टेला तामाङ र काठमाडौं महानरपालिकाको महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावल छन् । यस सेसनको सहजीकरण मिस युनिभर्स २०२१ सुजिता बस्नेतले गर्नेछिन् ।

त्यस्तै अर्को सेसन द रोल अफ जेन्डर डेटा फर कम्ब्याटिङ द मेल डिफ्लट विषयमा हुनेछ । यसमा वक्ताको रूपमा वुमन लिड नेपालकी कार्यकारी निर्देशक हिमा विष्ट, अनुसन्धानकर्ता डा. प्रणव दाहाल, एपीवान टिभीका प्रस्तोता पेटेर राई र प्रार्थना नेपालकी संस्थापक सरिता लामिछाने छन् । यस शत्रको सहजीकरण कोडरसकी एशोसिएस प्रडक्ट म्यानेजर शृष्टि श्रेष्ठले गर्नेछिन् ।

शिक्वल फाउन्डेसनले युके एड, डेटा फर डेभलपेन्ट, ओपन नलेज नेपाल र द एशिया फाउन्डेसनको सहकार्यमा डेटा कन्फेरेन्स आयोजना गर्न लागेको हो ।