कीवर्डहरू -

दराजले सुरू गर्‍यो सामसङ ग्यालेक्सी एम ४ को डेलिभरी

दराजले सुरू गर्‍यो सामसङ ग्यालेक्सी एम ४ को डेलिभरी

दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनिसामसुङ ग्यालेक्सी एम०४ दराजबाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्। ।

सामसुङ ग्यालेक्सी एम०४ सामसुङ को पछिल्लो स्मार्टफोन हो, जसमा एक टिबीसम्म एक्सपान्ड गर्न सकिने छ। त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पी३५ प्रोसेसरद्वारा परिचालित छ । साथै यसमा ५,००० एमएएच ब्याट्री र १६.५५ से. मी.  (६.५ इन्च) एचडी प्लस को डिस्प्ले रहेको छ ।

यसको अर्को आकर्षक विशेषता भनेको एक यसको र्‍याम विस्तार गर्न सकिन्छ - तोकिएको ४जीबी र्‍यामलाई भर्चुअल र्याम(र्याम प्लस) मार्फत ८ जीबीसम्म बढाउन सकिन्छ।

सामसङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू ४/६४ जीबी र ४/१२८ जीबी उपब्ध छन्,जसको मूल्य १५,४९९ र रु. १७,४९९ रूपैयाँ तोकिएको छ।

साथमा यस फोनको खरीदमा ५०० रुपैयाको दराज भाउचर पनि प्राप्त गर्न सकिनेछ । सामसुङ ग्यालेक्सी एम०४ दुई रंगहरू; सी ग्लास ग्रीन र शैडो ब्लूमा आउँछ।