कीवर्डहरू -

नेटा भी ब्रान्डका विद्युतीय सवारी खरिद गर्न प्रभु बैंकले कर्जा दिने

नेटा भी ब्रान्डका विद्युतीय सवारी खरिद गर्न प्रभु बैंकले कर्जा दिने

प्रभु बैंक र सीजी मोटर्सबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राम पोखरेल र सीजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार सीजी मोटर्सले आयात गरेको नेटा भी ब्रान्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सकिने छ ।

हाल बैंकको देशभर रहेका ३६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।