कीवर्डहरू -

एसरले ई-बाइक निर्माण गर्ने

एसरले ई-बाइक निर्माण गर्ने

पिसी बनाउने कम्पनी एसरले ई बाइक निर्माण गर्ने भएको छ । ताइवानी कम्पनी एसरले अहिलेसम्म पिसी, ल्यापटप र अरु एक्सेसरीहरु डिजाइन गर्दै आएको थियो तर अब सहर क्षेत्रका लागि उपयुक्त हुने इ बाइक कम्पनीले सार्वजनिक गर्ने भएको हो ।

यो बाइक करिब ३५ पाउण्डको रहेको छ जसले गर्दा तुलनात्मक रुपमा यो अरु इबाइक भन्दा कम तौलको रहेको छ ।

यो बाइक एआइ फिचर सहित आउने गर्दछ र एक चोटीको चार्जमा ७० माइलसम्म जान सक्छ । यसमा कतै ठोक्केको थाहापाउनका लागि कोलिजन डिटेक्सन सेन्सर पनि रहेको छ ।