कीवर्डहरू -

मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन सिस्टममा नयाँ भर्ना खुल्यो   

मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन सिस्टममा नयाँ भर्ना खुल्यो   

पोखरा विश्वविद्यालयले मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन सिस्टम (एमसीआईएस) मा नयाँ भर्ना खुलाएको छ । एमसीआईएस पढ्न चाहने विद्यार्थीले आउँदो चैत २४ गतेसम्म प्रवेश परीक्षाका लागि आवेदन दिन सक्ने छन् ।

बीआईटी, बीसीए, बीसीआईएस, बीआईएम, बीएससी कम्प्युटर साइन्स, बीई (कम्प्युटर, इलेक्ट्रोनिक्स, आईटी, सफ्टवेयर) ब्याचलर्स उतीर्ण विद्यार्थीले कोर्षमा आवेदन दिन सक्ने छन् ।

चैत २७ गते कोर्षको प्रवेश परीक्षा सञ्चालन हुनेछ । छात्रवृत्तिका लागि विश्वविद्यालयको वेबसाइटमा गएर आवेदन दिन सकिने छ ।

पैसा तिरेर एमसीआईएस पढ्न चाहने विद्यार्थीले काठमाडौंको नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) कलेजमा गएर आवेदन दिन सक्ने छन् । यो कोर्ष एनसीआईटी कलेजमा मात्रै पढाइ हुँदै आएको छ ।