कीवर्डहरू -

मर्सिडिजले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर लगानी गर्ने 

मर्सिडिजले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर लगानी गर्ने 

मर्सिडिज बेन्जले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर खर्च गर्ने भएको छ । कम्पनीले चीन, जर्मनी र हंगेरीमा रहेका आफ्ना प्लान्टहरू आधुनिक बनाउन अर्बौं डलर लगानी गर्ने भएको हो ।

विद्युतीय कार निर्माण गर्न र कार्बन उत्सर्जन घटाउन कम्पनीले ठूलो लगानी गर्ने जनाइएको छ । यस दशकको अन्त्यसम्ममा विद्युतीय सवारीसाधनमा जान तयार हुने मर्सिडिजले बताएको छ ।

कम्पनीले टुस्कालुसामा रहेको आफ्नो अमेरिकी प्लान्टलाई पनि विस्तार गर्ने योजना बनाएको छ, जसबाट कम्पनीले अनुदानको फाइदा लिन सक्नेछ ।

युरोपेली संघले सन् २०२० को तुलनामा यस दशक कार्बन उत्सर्जनलाई आधा घटाउने लक्ष्य लिएको छ ।