कीवर्डहरू -

२४० हर्जको रिफ्रेस रेट भएको एलजीको एचडीआर मनिटर सार्वजनिक 

२४० हर्जको रिफ्रेस रेट भएको एलजीको एचडीआर मनिटर सार्वजनिक 

एलजीले २४० हर्जको रिफ्रेस रेटसहित ४९ इन्चको एचडीआर मनिटर सार्वजनिक गरेको छ । एलजीले नयाँ मोडेल सार्वजनिक गरेर गेमिङ मनिटरको अल्ट्रागियर लाइनलाई विस्तार गरेको छ ।

यस मनिटरमा ४९ इन्चको भिए प्यानल र ३२ः९ एस्पेक्ट रेसियो र ५१२०X१४४० को रिजोलुसन रहेको छ । यसमा १००० निट ब्राइटनेस समेत रहेको छ । यसमा केही गेमले ३२ः९ रिजोलुसनलाई पनि सपोर्ट गर्ने गर्दछ ।

यो मनिटर आजबाट प्रिअर्डरका लागि उपलब्ध भएको छ र प्रिअर्डर गरेबापत अल्ट्रागियर गेमिङ प्याड समेत पाइन्छ । यस मनिटरको १३०० अमेरिकी डलर पर्छ ।